logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

चाहारको कीर्तिमानीमा भारतलाई टी–२० सिरिज

Photo Credit : इएसपीएन

२५ कात्तिक, काठमाडौं । बंगलादेशसँगको टी–२० क्रिकेट सिरिजको शृंखला भारतले जितेको छ ।

आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा भारतले बंगलादेशलाई ३० रनले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो । १७५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले १९.२ ओभरमा सबै विकेटको क्षतिमा १४४ रन मात्रै बनाएपछि भारतले सिरिज जितेको हो ।

बंगलादेशका लागि मोहम्मद नाइमले ८१ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा हार ब्यहोरेको हो । त्यस्तै, मोहम्मद मिथुनले २७ रन बनाएका थिए ।

बलिङतर्फ भारतका दिपक चाहारले विश्व रेकर्ड राख्दै ६ विकेट लिए । उनले ३.२ ओभरमा सात रन मात्रै खर्चिएर ६ विकेट लिए । यो अहिलेसम्मकै टी–२० क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलिङ हो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७४ रन बनाएको थियो । भारतको लागि श्रेयस ऐयरले ६६ र केएल राहुलले ५२ रन बनाएका थिए ।

तीन खेलको टी–२० सिरिज भारतले २–१ ले जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Themes
ICO