logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo logo
star Bookmark: Tag Tag Tag Tag Tag
Nepal

दाङको नदी कटान क्षेत्रमा ४ हजार बाँसका बिरुवा रोपियो

नदी कटान क्षेत्र नियन्त्रणका लागि डिभिजन वन कार्यालय दाङले ४ हजार बाँसका बिरुवा रोपेको छ।

वर्षातको समयमा आउने बाढीले जमिन कटान गर्दै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न नदी तटीय क्षेत्रका विभिन्न पाँच ठाउँमा यो वर्ष ४ हजार बाँसका बिरुवा लगाइएको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ।

लगाइएका बिरुवाको संरक्षणका लागि स्थानीय उपभोक्ताहरूकै सक्रियतामा बाँस रोपेको  डिभिजन वन कार्यालय वन अधिकृत दीपक ज्ञवालीले बताए।

उपभोक्ताहरूले बाँस रोपेर संरक्षण गरेबापत एक बिरुवा एक सय रुपैयाँ समेत दिइएको छ।

जिल्ला वन क्षेत्र समन्वय समिति दाङको आइतबार घोराहीमा भएको बैठकमा डिभिजनल वन अधिकृत ज्ञवालीले प्रत्येक वर्ष बिरुवा रोप्ने तर त्यसको संरक्षण नहुने प्रवृत्तिलाई अन्त्य गर्नका लागि यो वर्षदेखि संरक्षणमुखी वृक्षरोपण कार्यक्रम गरिएको बताए।

वर्षभर वन क्षेत्रमा भएका गतिविधिबारे प्रस्तुत प्रतिवदेनमा बगरलाई वनमा परिणत गर्ने अभियान अन्तरगत बाँसका बिरुवा रोपिएको उनले जानकारी दिए।

कार्यक्रम अन्तर्गत यो वर्षमात्रै ४० हेक्टर बगरलाई तारजाली गरी करिब ६४ हजार बिरुवा लगाइएको छ। स्थानीय वन समूहकै अगुवाइमा थालिएको बगरलाई वन बनाउने कार्यक्रममा स्थानीयलाई उक्त कार्यका लागि स्थानीय वन समूहलाई प्रतिहेक्टर एक लाख रुपैयाँ समेत कार्यालयले प्रदान गरेको छ।

दाङको ढिकपुर, धर्ना, लक्ष्मीपुरको बेलुवा,हापुरलगायतका नदीले कटान गरी बगर बनेको क्षेत्रमा तारजालीसहित वृक्षरोपण गरिएको छ।

त्यसैगरी घोराही र तुलसीपुर उपमहानगरसहितका सडकको छेउमा शोभा दिने खालका विभिन्न प्रजातिका बिरुवा लगाउने तयारी भइरहेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिए।

गोलमोर, करविन फूल, छतिवन, चाप, कपुर, क्रिसमसट्री लगायतका नयाँ प्रजातिका ३ हजार ५ सय बिरुवा रोपेर तारबार गर्ने कार्यक्रम तय गरिएको उनले बताए।

त्यस्तै, उत्तरतर्फको जंगलमा यो वर्षमात्रै ५० हजार जडिबुटीका बोटविरुवा  लगाइने भएको छ।

बंगलाचुली, बिजौरी, धर्ना लगायतका पहाडी भेगमा कुरिलो, सर्पगन्धा, तेजपात, अमला प्रजातिका ५० हजार बिरुवा लगाउन सुरू गरिएको छ।

पछिल्लो दुई दशकमा दाङको वन क्षेत्र बढेको छ। यो अवधिमा करिब १० हजार हेक्टर वन क्षेत्र बढेको कार्यालयले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।

नदीले कटान गरेको वन क्षेत्रमा वृक्षरोपण गरी स्थानीयलाई सामुदायिक वनका रूपमा हस्तान्तरण गर्ने कार्यबाट जिल्लाको वन क्षेत्र बढेको डिभिजनल अधिकृत ज्ञवालीले बताए।

All rights and copyright belongs to author:
Themes
ICO