Nepal

डडेलधुरा : आरडीटी गरेर घर गएका ४६ जनामा संक्रमण पुष्टि

४ असार, काठमाडौं । डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना र्‍यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नियमित प्रेस ब्रिफिङमा डडेलधुरामा ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी गराइएको थियो । तर डडेलधुराका कोभिड १९ का फोकल पर्सन हरि भट्ट भन्छन्, ‘बिहीबार बिहान १० बजेसम्म जिल्लामा ८३ जनामा मात्रै संक्रमण पुष्टि भएको तथ्यांक हामीले पाएका छौं । थप एक जनाबारे अहिलेसम्म हामी कहाँ जानकारी आइपुगेको छैन ।’

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठका अनुसार संक्रमित हुनेमा गन्यापधुरा गाउँपालिकाका तीन महिलासहित ५८, परशुराम नगरपालिकाका तीन महिलासहित २१ र अजयमेरु गाउँपालिकाका ४ जना पुरुष छन् ।

तर परशुराम र गन्यापधुरा नगरपालिकामा संक्रमित यसअघि घर गएको पाइएको छ ।

गन्यापधुराका संक्रमण पुष्टि भएका ५६ मध्ये ४० जना क्वारेन्टिनबाट घर पठाइएको पाइएको छ । उनीहरुमा कुनै पनि लक्षण नदेखिएपछि स्वास्थ्य मन्त्रालयको पछिल्लो गाइडलाइन अनुसार घर पठाइएको गाउँपालिकाका अध्यक्ष नलबहादुर मल्लले अनलाइनखबरलाई जानकारी दिए । अध्यक्ष मल्लले भने, ‘उनीहरुलाई क्वारेन्टिनबाट घर पठाएको तीन दिनभयो । केही व्यक्ति त आज मात्रै पनि घर गएका थिए । उनीहरुलाई बाटोबाटै फर्किन भनेको छौं ।’

उनीहरु ९ जेठमा भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका थिए । पहिलो पटक ६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ५ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । बाँकी सबैको रिपोर्ट नेगेटिभ आयो । अध्यक्ष मल्लले भने, ‘क्वारेन्टिनमा हेलमेल गरेर बसेका कारण उनीहरुसहित ९४ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको थियो । जसमध्ये ५६ जनामा संक्रमण पुष्टि भएको छ ।’

तर उनीहरुमध्ये ४० जना आरडीटी नेगेटिभ आएका कारण घर गइसकेका थिए ।

यस्तै परशुराम नगरपालिकाका २१ जना कोरोना संक्रमितमध्ये ६ जना घर गइसकेको पाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर सिंहका अनुसार क्वारेन्टिनमा भएका मध्ये २५ जनाको २७ र २८ गते आरडीटी गर्दा एक जनाको मात्र पोजेटिभ आयो । ‘नेगेटिभ आएकामध्ये ६ जना घर गए, अरु पीसीआर रिपोर्ट आएपछि मात्र जान्छौं भनेर बसेका थिए’ सिंहले भनेका छन् ।

अजयमेरु गाउँपालिकाका संक्रमित भने क्वारेन्टिनमै छन् । गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्ट भन्छन्, ‘क्वारेन्टिनमा बसेको ११ दिन पुगेपछि उनीहरुको आरडीटी परीक्षण गरिएको थियो । चारै जनामा पोजेटिभ देखिएपछि जेठ २७ गते स्वाब संकलन गरिएको थियो । त्यसको रिपोर्ट पोजेटिभ आएको छ ।’

अब उनीहरुलाई डडेलधुरा अस्पताल पठाउने कि स्थानीय तहकै आइसोलेसनमा राख्ने भन्ने छलफल भइरहेको गाउँपालिका अध्यक्ष भट्टले जानकारी दिए ।

Football news:

The return matches of the 1/8 final of the Champions League and 6 matches of the Europa League will be held at the stadiums of the host teams
Rivaldo: talking about VAR, Barcelona is trying to distract attention from the real problems of the club
Ribery about the robbery: the Fans and Florence to support me. Fiorentina forever!
Vinicius tested negative for the coronavirus. He will be able to play with Alaves
The tournament-the return of MLS-is still a failure. Spend in Florida (7-11 thousand cases per day), players are afraid of the virus and complain about food
Zinedine Zidane: I'm Tired of saying that real have not won anything yet. Ahead of the next final
David Silva: I will miss Manchester City💙