Nepal

एकै गाउँपालिकामा ११२ संक्रमित : स्थानीय सरकार थाक्यो, केन्द्रले हेरेन

१० जेठ, काठमाडौं । शनिबार अपराह्न कोरोना भाइरस (कोभिड-१९) का ३६ जना संक्रमित थपिँदा २७ जना बाँकेको नरैनापुर गाउँपालिकाका थिए ।

यससँगै नरैनापुरमा संक्रमितको संख्या ११३ पुगेको छ । यो संख्या अहिलेसम्म नेपालमा भेटिएका कुल संक्रमित ५८४ को १९ प्रतिशत बढी हो । संक्रमितमध्ये एकजनाको क्वारेन्टाइनमा मृत्यु भयो, जुन कोभिड-१९ बाट नेपालमा भएको दोस्रो मृत्यु हो ।

नरैनापुरलाई नेपालमा कोरोनाबाट सबैभन्दा प्रभावित गाउँ मान्न सकिन्छ ।

क्वारेन्टाइनस्थलमै संक्रमित हुन्छन्

जिल्ला सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि रहेको यो गाउँपालिकामा करिब ३५ हजार मानिसको बसोबास छ । गाउँपालिकाको ६ वटै वडा भारतसँग जोडिएको छ । विकासमा निकै पछाडि परेको गाउँगालिकामा पक्की भवन भेट्टाउन कि त विद्यालय नै पुग्नुपर्छ कि स्वास्थ्य चौकी ।

जब भारतमा कोरोना महामारी सुरु भयो, मजदुरीका लागि परदेशिकाहरु लकडाउनका क्रममा पनि फाट्टफुट्न फर्किएका थिए । सबै वडाको सीमा भारतसँग जोडिएको र त्यो खुला भएकाले वैधानिक नाका जमुनाहको साटो जता सहज हुन्छ, उतैबाट आउँछन् ।

जब भारतमा लकडाउन खुकुलो भयो, गाउँ फर्किनेहरुको संख्या हृयात्तै बढेको छ । शुक्रबार मात्र ५१ जना आएका थिए । यसरी फर्किनेहरुमा कोरोना माहामारी फैलिएको महाराष्ट्र, दिल्लीबाट आएकाहरु पनि छन् । सीमा नाकामा सशस्त्र प्रहरी परिचालन गरिएका कारण यसरी आउनेहरु स्थानीय जनप्रतिनिधिको सम्पर्कमा पुग्छन् र, उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरिएको छ ।

अहिले पनि १५ वटा विद्यालयको क्वारेन्टाइनमा भारतबाट आउका ६५१ जना छन् । क्वारेन्टाइनमा बस्नेहरुलाई म्याट, तन्ना र झुल दिन्छ तर जस्तोका छाना तातेर बस्न निकै गाह्रो हुने गरेको छ । क्वारेन्टाइन स्थलमा सबै मापदण्ड पुरा गर्न नसकिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल स्वीकार गर्छन् ।

क्वारेन्टाइन स्थलमा बसेको १०/१२ दिन भएपछि पीसीआर विधिबाट परीक्षण गर्ने गरिएको छ । तर, केही भारतबाटै संक्रमित भएका आएका हुन्छन् त कोही बाटोमा संक्रमित भएका हुन्छन् । कतिपय त क्वारेन्टाइनस्थलमै संक्रमित हुन सक्छन् । त्यसैले एउटा क्वारेन्टाइनस्थलका केहीमा कोरोना संक्रमण देखियो भने नेगेटिभ आएकाहरुलाई के गर्ने भन्ने अन्योल हुने गरेको छ ।

यो पनि पढ्नुहोस प्रधानमन्त्रीज्यू, क्वारेन्टाइनस्थलबाटै कोरोना फैलियो !

‘क्वारेन्टाइनको सबै मापदण्ड पूरा भएको भए त नेगेटिभ आएकाहरुलाई घर पठाउन सकिन्थ्यो । तर, त्यो नभएकाले राख्ने गरेका छौं’ खराल भन्छन्, ‘एउटा क्वारेन्टाइनमा त २८ दिनदेखि मानिसहरु छन् ।’

उनीहरुको दोस्रो पटक स्वाब संकलन गरेर पठाइएको छ र अब सबैको नेगेटिभ रिपोर्ट आए घर पठाउने तयारी छ ।

अब धान्न सक्दैनौं, केन्द्र सरकारले हेरेन

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरालका अनुसार अहिलेसम्म जसोतसो भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राख्न सकिएको छ । तर अब गाउँपालिकाको बजेट पनि सकिन लागिसक्यो भने क्वारेन्टाइन स्थल बनाउने भवनको पनि अभाव हुन लाग्यो ।

तर भारतबाट अझै ४/५ सय मानिस फर्किने अनुमान स्थानीय जनप्रतिनिधिहरुको छ । ‘तेस्रो मुलकबाट पनि ल्याउने चर्चा सुनिएको छ । त्यसो भयो अर्को ८/९ सय मानिस आउन सक्छन्’ खराल भन्छन्, ‘गाउँपालिकाले उनीहरुको व्यवस्थापन गर्न सक्दैन ।’

गाउँपालिका अध्यक्ष इश्तियाक अहदम शाह पनि नरैनापुरको स्थिति स्थानीय सरकारको नियन्त्रण बाहिर गइसकेको बताउँछन् । ‘भन्दाभन्दा म त थाकिसकेँ, अहिलेसम्म केन्द्र र प्रदेश सरकारले सुनेने’ उनले भने, ‘हामीले सक्दो गरेका छौं । तर अब स्थिति नियन्त्रण छैन । केन्द्रले सुरक्षाफौज र स्वास्थ्यकर्मीको टोली पठाउनुपर्‍यो ।’

Football news:

A large number of games play into the hands of Real Madrid. Their composition is better than that of Barca. Ex-Madrid player Pirri on the La Liga calendar
The referee in Latvia showed a black football player a red card and a FAK. This is a very awkward situation
Barcelona has launched the streaming service Barça TV+
In the network appeared pictures of the new guest form Arsenal. Its texture resembles marble
Luis Suarez: Coming back from an injury is always difficult, a little scary
Alexander Zinchenko: training In Manchester City is just murder. People are fighting for a place in the line-up
Antoine Griezmann: Winning La Liga and the Champions League with Barca is a dream. I would like to finish my career in the USA