Nepal

प्रधानमन्त्री ओली नै फेक न्यूजको शिकार !

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो । कोरोना रोगबारे मात्र होइन, यसविरुद्ध औषधि तथा खाप विकासलाई लिएर पनि धेरै अफवाहहरु आउन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै एउटा अफवाहको शिकार भएको पाइएको छ ।

त्यो हो, इटलीका राष्ट्रपतिले कोरोनासामू आत्मसमर्पण गरेको फेक न्यूज ।

चैतमा जतिबेला नेपालले भर्खर लकडाउन सुरु गरेको थियो, इटली कोरोनाबाट आक्रान्त भइसकेको थियो । संक्रमितको संख्या मात्र होइन, मृतकको पनि संख्याको ग्राफ उकालो लागिरहेका बेला सामाजिक सञ्जालमा इटलीका राष्ट्रपतिले कोरोनासामू आत्मसमर्पण गरेको भन्दै एउटा पोष्ट भाइरल भएको थियो ।

इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोष्टहरुमा भजिएको थियो, ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । सम्भव सबै प्रयासहरु सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन ।’ यससँगै भाइरल बनेको थियो, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर ।

बिहीबार राष्ट्रियसभामा प्रधानमन्त्री ओलीले त्यही भाइरल पोष्टलाई टेकेर राष्ट्रियसभामा अभिव्यक्ति दिएका छन् ।

भारतबाट आएकाहरुको उचित क्वारेन्टिन हुन नसकेको भनेर भइरहेको आलोचनाप्रति इंगित गर्दै उनले जेठमा मात्र २ लाख ४४ हजार मानिस आएको र यति ठूलो संख्यामा मानिहरुको क्वारेन्टिन दुनियाँको कुनै देशले गर्न नसक्ने बताए ।

उनले भने, ‘आइसोलेसनमा राख्दा पनि इटलीजस्तो देशले सडकमा लगेर राख्नुपर्‍यो । आईसीयूको सेवा सडकमा दिनुपर्‍यो । भेन्टिलेटरमा बस्नुपर्ने अवस्थामा मात्र ल्याउनू, नभए ठाउँ छैन नल्याउनू । आइसोलेसनमा बस्नू भनेर विकससित देशहरुले घर पठाउनुपर्‍यो । हामीले यस तहमा हात उठाइसकेका छैनौं ।’

‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं’ उनले अघि भने ।

प्रधानमन्त्रीको संकेत इटली राष्ट्रपतिको भाइरल तस्वीरहरुतर्फ भएको सहज अनुमान लगाउन सकिन्छ ।

जबकि दुवै फेक न्यूज थिए ।

किनकि कोरोनाबाट आक्रान्त इटलीले न सडकबाट आईसीयू सेवा दिएको थियो, न राष्ट्रपतिले हात उठाएका थिए । इटलीको राष्ट्रपतिको भन्दै प्रचार गरिएको पोष्टमा रोइरहेका व्यक्ति ब्राजिलका राष्ट्रपति जैर बोल्ोनारोको हो । उनी २०१९ डिसेम्बरमा एक प्रार्थनासभालाई सम्बोधन गर्दा यसरी रोएका थिए ।

अनि इटलीले सडकमा आईसीयू सेवा दिएको भनेर प्रचार गरिएको तस्वीर पनि फेक हो ।

सडकमै आईसीयू सेवा दिएको तस्वीर क्रोएसियाको राजधानी जाग्रेबको हो । मे २०२० मा कोरोना भाइरसका कारण शहरमा अर्ध लकडाउन थियो । त्यहीबेला भूकम्प आएपछि अस्पतालहरुले चाप धान्न नसकेर सडकमै उपचार सेवा दिएका थिए । र, यो कोरोना संक्रमितहरुलाई दिएको उपचार पनि होइन ।

संसदबाटै भ्रमको प्रचार !

प्रधानमन्त्री ओलीले आफ्नो ५५ वर्षे राजनीतिक जीवनमा बोलेका कुराहरुलाई कसैले चुनौती दिन नसकेको दाबी गरे । तर, राष्ट्रियसभामा बेसारका विषयमा प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर विज्ञहरुले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्यालय अन्तरगत उठेका प्रश्नहरुको जवाफ दिन राष्ट्रियसभामा उपस्थित भएका प्रधानमन्त्रीले आफूलाई सर्वज्ञाता ठान्दै स्वास्थ्यक्षेत्रका विषयमा गरेको टिप्पणीका कारण उनी विवादमा तानिएका हुन् ।

प्रधानमन्त्री ओलीले बेसारको साइड इफेक्टबारे बताउने क्रममा राष्ट्रियसभामा भने, ‘रक्तअल्पता छ भने बेसार खानुहुँदैन, जण्डिस लागेकाले बेसार खानुहुँदैन । सुत्केरी महिलाले बेसार खानु हुँदैन । आइरनको कमी, ब्लडको कमी छ भने खानुहुँदैन । यस्ता अनेक स्थिति हुन्छन्, जसमा बेसार खानु हुँदैन । अप्रेसन गर्नु अगाडि बेसार खानु हुँदैन ।

तर, जण्डिस रोगका विज्ञ डा. सुधांशु केसीले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै टि्वटमार्फत भनेका छन् । यसरी गलत सूचना दिनुहुँदैन प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खानुहुन्न भनेर ?

Football news:

Director of Tambov that Melkadze will not play with Spartak: we do not have a free 3-5 million rubles
Juventus wanted to swap Ramsey for Ntombela. Tottenham refused
Klopp on players who have played less than 5 matches: They will receive a gold medal. If you are not from the Premier League, something from me
Messi may move to Manchester City (Fox Sports)
Salihamidžić on the transfer San to Bavaria: It can make the difference in the game. Now we have top-level variability on our flanks
Cavani is close to a contract with Roma
Balotelli can move to Boca juniors