Nepal

शनिबार एकै दिन १९ जना कोरोनामुक्त भएर घर फर्के

वीरगन्ज र रूपन्देही अस्पतालमा गरी शनिबार एकै दिन १९ जना व्यक्ति कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।

रुपन्देहीको बुटवल धागो कारखानामा रहेको आइसोलेसन अस्पतालबाट १० जना र वीरगन्जको नारायणी अस्पतालमा उपचाररत ९ जनालाई शनिबार डिस्चार्ज गरिएको हो।

बुटवलको कोरोना विशेष अस्पतालबाट शनिबार एकसाथ घर फर्किने सबै कपिलवस्तुका हुन्। भारतबाट लुकिछिपी गाउँ आएर क्वारेन्टाइनमा बसेका उनीहरूलाई दुई साताअघि संक्रमण देखिएपछि कोरोना विशेष अस्पताल ल्याइएको थियो।

दुईपटक गरिएको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।

बाँकेबाट २१ जना संक्रमणमुक्त भएर घर गएको भोलिपल्ट प्रदेश पाँचबाटै १० जना डिस्चार्ज भएका हुन्। कुल संक्रमितको झन्डै ४५ प्रतिशत यही प्रदेशमा छन्। अहिलेसम्म यहाँ ३२ जना निको भएर घर फर्किसकेका छन्।

शनिबारै वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् ९ जनालाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

डिस्चार्ज हुनेमा दुई जना पुनः संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए। उनीहरू रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक हुन्।

निको भएर डिस्चार्ज गरे पनि पुनः संक्रमण देखिएपछि रौतहटका युवकलाई गत वैशाख २० गते र भारतीय नागरिकलाई २१ गते अस्पताल ल्याइएको थियो।

उनीहरूसँगै शनिबार बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका छन्। डिस्चार्ज भएका सबै पुरुष हुन्।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ८९ पुगेको छ। संक्रमित संख्या ५ सय ९१ छ। शनिबार साँझसम्म देशभरबाट ७५ जना संक्रमित थपिएका छन्।

Football news:

Bayern will not sell Alaba this summer, Tiago can leave for 60-80 million euros
Sky Sports will pay the Premier League clubs all the money for broadcasts in this and next seasons. The deduction of 170 million pounds was moved to the season-21/22
Havertz does not want to move to Bayern this summer. He chooses between Real Madrid, Liverpool, Manchester City, Manchester United and Chelsea
Atalanta bought Pashalic from Chelsea for 15 million euros (Nikolo Skira)
Russia, Germany and Portugal qualify for the Champions League (Bild)
Barcelona will not buy Neymar for 175 million euros and will focus on the transfer of Lautaro
🔙 Spanish football will return for the second half of Rayo Albacete. The first one was played six months ago, when the match was stopped because of zozuli's insults