ब्रायन एडम्सको नेपाल झल्को क्यानाडामा नेपथ्यले मेटाउदै

१४ असोज, बार्सिलोना । आजभन्दा १३ वर्षअघि क्यानेडियन चर्चित गायक ब्रायन एडम्सको कन्सर्टले नेपालमा ठूलो हलचल नै मच्चाएको थियो । कन्सर्ट हेर्न भारतसँगै अन्य देशबाटसमेत उनका फ्यानहरु नेपाल आएका थिए ।

उनको कन्सर्टलाई नेपालकै अहिलेसम्मकै ठूलो कन्सर्ट मानिन्छ । २० हजारभन्दा बढी दर्शकमाझ दशरथ रंगशालामा ब्रायनको सर्वाधिक धमाकेदार प्रस्तुति रह्यो । ब्रायन कन्सर्टमा दर्शकदीर्घामा साक्षी थिए नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यका अमृत गुरुङ ।

‘पूर्णिमाको रात थियो त्यो दिन । रात बडो उज्यालो थियो । त्यो साझ गज्जब रमाइलो थियो । एउटा अन्तर्राष्ट्रिय कलाकारलाई पाउँदा त हामी संगीतकर्मीहरु हर्षले गदगद भएका थियौं,’ गायक गुरुङले त्यो दिनको सम्झना गर्दै अनलाईनखबरलाई सुनाए ।

‘उहाँ जस्तो अन्तर्राष्ट्रिय कलाकार, जसको  गीत सुन्दै हुर्केको मान्छे म । कलेज पढ्दा खुब सुनिथ्यो । उहाँजस्तो कलाकार नेपाल आउँदा कन्सर्ट छुटाउने त कुरै भएन । हाम्रो ब्याण्ड नै कन्सर्ट हेर्न गएका थियौं,’ उनले अघि भने, ‘नेपालका विभिन्न ठाउँहरुबाट मान्छेहरू आएका थिए । एकदमै गजब कार्यक्रम भो । त्योभन्दा पनि महत्वपूर्ण के थियो भने भविष्यमा फेरि अरुपनि यस्तै कलाकारहरु आओस भन्ने हाम्रो कामना थियो।’

आज उनै ब्रायन एडम्सको देशमा नेपाली चर्चित लोकरक ब्याण्ड नेपथ्यले पाइला टेकिसकेको छ । क्यालगरी‚ भ्यानकुभर र टोरन्टोमा हुने कन्सर्टका लागि १४ जनाको जम्बो टोली बिहीबार क्यानाडा पुगिसकेको हो ।

अक्टोबर ८ मा हुने  टोरन्टोको कन्सर्ट विश्वविख्यात ‘म्यासी हलमा’ हुनेछ । आयोजक ब्लु जेरियनका अनुसार अनुसार दुई घण्टाको प्रस्तुतिको लागि उक्त हलको भाडा खर्च मात्रै एक करोड रुपैयाँ रहेको छ । जहाँ विश्वविख्यात सांगीतिक समूहहरुले यसअघि कन्सर्ट गरिसकेका छन् । त्यही हलमा नेपथ्य गुञ्जने भएको छ ।

ब्रायन नेपाल आएको झल्को तपाईंले क्यानाडा गएर मेटाउँदै हुनुहुन्छ नि भन्ने प्रश्नमा गायक गुरुङले आँफूलाई भाग्यमानी कलाकार सम्झिए । क्यालगरी पुगेका उनले भने, ‘धेरै नै खुशी लाग्छ । आँफूले असाध्यै सम्मान गरिएका विश्व प्रसिद्घ कलाकारहरूले प्रस्तुत गरेको मञ्चमा आँफूले कार्यक्रम गर्न पाउदा भाग्यमानी ठान्दछु।’

सबै तालमेलहरू मिलेपछि मात्रै अन्तर्राष्ट्रिय मञ्चहरुमा कार्यक्रम गर्ने सौभाग्य मिलेको गुरुङको भनाइ छ । ‘कलाकार आफू मात्रै राम्रो भएर पनि हुदैन। उत्कृष्ट भएर मात्र पनि नहुँदो रैछ। सबै चिज समयले जुर्नु पर्दोरहेछ,’ उनले सुनाए।

म्यासी हलको चर्चा 

विश्व प्रसिद्ध अंग्रेजी पप रक ब्याण्ड ‘टियर्स फर फियर्स’, चर्चित गायक जस्टिन बीबर, ब्रिटिस रक ब्याण्ड ‘क्रीम’, अमेरिकी गायक बब डिलन, बिली जोल, अग्रेजी रक ब्याण्ड ‘द किन्क्स’, जमर्नी ब्याण्ड क्राफ्टवेर्क लगायत थुप्रै चर्चित ब्याण्डले यसअघि ‘म्यासी हलमा’ प्रस्तुति दिइसकेका छन् ।

नेपथ्यको कन्सर्ट हुने सोही हलमा विश्व प्रसिद्ध व्यक्तिहरु विलियम बुथ, विन्स्टन चर्चिल, हेलेन केलर, थोमस मान र दलाई लामा लगायतले आफ्ना शुभचिन्तक तथा समर्थकहरुलाई सम्बोधन गरेका थिए।

झन्डै तीन हजार क्षमता रहेको उक्त ‘म्यासी हलमा’ नेपाली गीत संगीत गुञ्जन पाउनु आँफैमा ऎतिहासिक पल रहेको आयोजक ब्लु जेरियनका संयोजक दीपेन्द्र जंग केसीले बताएका छन्। ‘नेपथ्यले संसारका विभिन्न मुलुकहरुमा कार्यक्रम गरिसकेको तर क्यानाडामा अझैसम्म नगरेको स्थितिमा उहाँहरुको सम्मान स्वरूप पनि कार्यक्रम आयोजना गरिएको हो,’ केसीले भने, ‘क्यानाडामा रहेका दोस्रो पुस्ताका नेपालीहरुमाँझ म्यासी हल अन्त्यन्तै चर्चित ठाउँ हो। त्यस्तो ठाउँमा नेपाली संगीत पनि गुन्जने भनेपछि उनिहरुमा पनि छुट्टै उत्साह छाएको छ । जहाँ जस्टिन बीबरको कन्सर्ट हेरेका थिए त्यहाँ गएर नेपथ्यको प्रस्तुति हेर्न उनिहरु आतुर छन् ।’

नेपथ्यको कार्यक्रमबाट नेपाली भाषा,सस्कृति र संगीत प्रति उनीहरुको लगाव र उत्सुकता पनि बढ्ने केसीको ठम्याइ छ।

जैमिनी नगरपालिका बागलुङ मूल घर भएका दुर्गा पौडेलले नेपथ्यको कन्सर्ट हेर्न निकै उत्साहित छन्। एक दशकदेखि क्यानाडा बस्दै आएका पौडेलले नेपथ्यको लोक पप लय मनोमोहक लाग्ने बताउँछन्।  ‘म आँफैलाई पनि कला एकदमै मन पर्छ। भविष्य खोज्दै विदेश आयौं । पहिलेचाहिँ आँफू कसरी सेटल हुने भन्ने हुँदोरहेछ,’ उनले थपे, ‘त्यसपछि चाहिँ आफ्नो संस्कृतिलाई जोगाउ भन्ने चिन्ता पनि हुँदो रहेछ। नेपथ्यको कन्सर्टलाई लिएर हामी धेरै नै उत्साहित छौं।’

आँफूले टिकट लिएर अन्य साथीभाइहरुलाई पनि टिकट लिन प्रेरित गरेको पौडेलले बताए ।

गत वर्ष डिसेम्बरमा नारायणगढको क्याम्पा चौरमा नेपथ्यको लाइभ कन्सर्ट हेरेका भरतपुर चितवनका अनुज पौडेल निकै उत्साहित छन् । अध्ययनका लागि क्यानाडा पुगेका पौडेलले ठूलो संख्यामा आँफूजस्तै विद्यार्थीहरु पनि कन्सर्टमा सहभागी बन्ने सुनाए।

अमेरिकाबाट पनि सहभागिता 

जसरी ब्रायनको कन्सर्ट हेर्न भारतसँगै अन्य देशबाटसमेत उनका फ्यानहरु नेपाल आएका थिए । ठ्याक्कै त्यस्तै दृश्य नेपथ्यको कन्सर्टमा पनि देखिएको छ । क्यानाडाको छिमिकी मुलुक संयुक्त्त राज्य अमेरिकाबाट विभिन्न राज्यहरुबाट नेपालीहरु कन्सर्ट हेर्न टोरन्टो पुग्ने भएका छन् ।

अमेरिकाको टेक्सास राज्यको डालास सहरमा बस्दै आएका विजय दुलाल र महेन्द्र पौडलले पनि टोरन्टो जाने टिकट लिइसकेको बताए ।

‘हामी लगायत यहाँबाट ठुलो संख्यामा नेपालीहरु नेपथ्यको कन्सर्ट हेर्न क्यानाडा जादैछौं,’ पौडेलले भने । ‘सन् २०१८ मा अमेरिकामा भएको नेपथ्यको कन्सर्टमा सहभागी हुन नपाए पनि यसपालि साथीभाईहरुसँग टोरन्टो जादैछु।नेपथ्यको गीत संगीत सुन्दा जिऊमा काँडा उम्रन्छ।’

नेपथ्यबारे आलेख लेख्दै आएका स्तम्भकार मोहन बरालले विश्व प्रसिद्ध गायक एवम संगीतकारहरूकै मञ्चमा देख्दा नेपथ्य अन्तर्राष्ट्रिय स्तरमा उक्लेको आभास हुने बताए .

cमेरिकाको टेक्सासबाट कन्सर्टकै लागि टोरोन्टोमा जाने तयारीमा रहेका बराल भन्छन् , ‘बेलायतको वेम्ली एरिनादेखि,ओ टु एकडेमी ब्रिक्सटन,कोरियाको ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस), न्युयोर्कको म्यानहटन सेन्टर लगायतका विश्व प्रसिद्ध हलहरूमा प्रस्तुति दिइसकेको नेपथ्य अब म्यासी हलमा पुगेर अर्को ईटा थप्दैछ ।’

नेपालयको अगुवाइमा जहाँ कार्यक्रम गर्न गए पनि पूरा टिमसहित बाजागाजासहित पुग्नु, पूर्वनिर्धारित कार्यक्रमहरु भनिएको समयैमा सुरु गर्नु र टिम वर्कमा विश्वास गर्नु नेपथ्यको सफलता एवम निरन्तरताको कडी रहेको बराल बताउँछन् ।

‘नेपथ्यलाई मञ्चमा उतार्नु पनि आयोजकको सफलताको रूपमा हेरिन थालिएको छ । नेपथ्यलाई नेपालको सबैभन्दा महँगो र व्यावसायिक मामिलामा कुनै सम्झौता नगर्ने ब्याण्डको रूपमा चिनिन्छ,’ उनले भने, ‘उसको मापदण्ड अनुरूप नै मञ्चमा उतार्नु आयोजकले दर्शकहरूवाट ‘रेटिङ’ पाउनु हो ।’

नेपथ्यको ७ सय किलो सामान

नेपथ्यको कन्सर्टमा साउण्डको नियन्त्रण भने आफ्नै टेक्निकल टिमले लिने गरेको नेपालयका निर्देशक अर्पण शर्माले सुनाए । ‘ब्याण्ड मेम्बर जति जना छन् त्यो भन्दा बढी हाम्रा टेक्निकल मान्छेहरू हुन्छन नेपथ्यको कार्यक्रमसॅंगै त्यसको साउण्ड इन्जिनियर,मनिटर,अपरेटर, त्यसपछि लाईट अपरेटर, भिडियो इडिटर, क्यामारा लगायतका सामानहरू हामी बोकेर हिँडछौं,’ उनले भने।

ब्याण्डका ६ जना सदस्यहरुलाई स्टेजमा उभ्याउन प्राबिधिक र ब्यवस्थापक टिमका अन्य ८ जनाले  ठुलो मेहनत गर्ने गरेको शर्माले बताए । ‘विदेशमा सर सामान नपाईने भन्ने हैन । तर हामीले ७ सय किलो सामान बोकेर लिएर जान्छौं। यो ब्याण्डको आफ्नै सामान पनि हो । अर्को बेसिक टेक्निकल सामानहरू हुन्छन् । जसले गर्दा हाम्रा प्राविधिकलाई काम गर्न सजिलो हुन्छ ,’ उनले थपे, ‘तपाईंले स्टेजमा देखेको सम्पूर्ण कुरा।जस्तो लाईटको हिसाबले, साउण्डको हिसाबले जे सुन्नु हुन्छ। त्यो हलभित्रको जहाज हाम्रा प्राविधिकले उडाएर हामीले नै अवतरण गर्ने हो।’

सन् २००२ पछि नेपथ्यले १६ वटा देशको २८ सहरमा ७८ वटा कार्यक्रम गरिसकेको छ । नेपालयले व्यवस्थापन सम्हालेपछि क्यानाडा नेपथ्यको १७ औं गन्तव्य हो । अघिल्लो महिनाको जापान यात्रामा सम्मिलित ८ जना प्राविधिक एवं व्यवस्थापक र ६ संगीतकर्मीसहित जम्मा १४ जनाको टोली क्यानाडा पुगिसकेको छ ।

अक्टोबर १ मा क्यानडाको क्यालगरी सहरको द प्यालेस थिएटरबाट नेपथ्यले कन्सर्ट सुरु गर्दैछ । त्यसपछि अक्टोबर ४ मा भ्यानकुभरको ‘द भोग थिएटर’ र अक्टोबर ८ मा क्यानडाको प्रमुख सहर टोरन्टोस्थित ‘म्यासी हलमा धमाकेदार प्रस्तुति रहने छ ।  गायक गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिनेछन् ।

सन् २०२३ लाई नेपथ्यले ‘मानवताका लागि संगीत’ भन्ने सन्देशसहित विश्व यात्रा गरिरहेको छ । अष्ट्रेलियाका आठ स्थानहरू र जापानको प्रमुख तीन सहरहरूमा भव्य रूपमा नेपथ्य गुञ्जिसकेको छ ।


Football news:

<!DOCTYPE html>
Kane on Tuchel: A wonderful man, full of ideas. Thomas in person says what he thinks
Zarema about Kuziaev's 350,000 euros a year in Le Havre: Translate it into rubles - it's not that little. It is commendable that he left
Aleksandr Mostovoy on Wendel: Two months of walking around in the middle of nowhere and then coming back and dragging the team - that's top level
Sheffield United have bought Euro U21 champion Archer from Aston Villa for £18.5million
Alexander Medvedev on SKA: Without Gazprom, there would be no Zenit titles. There is a winning wave in the city. The next victory in the Gagarin Cup will be in the spring
Smolnikov ended his career at the age of 35. He became the Russian champion three times with Zenit

2:16 १६ दिनकी नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ 
2:04 खुला भए रसुवाका सबै ग्रामीण सडक 
2:01 डा. गणेश राई : जो कान्ति अस्पताललाई सरस्वतीको मन्दिर ठान्छन्
1:49 आमा–बाबुले छोराछोरीको हात–खुट्टामा लेखिदिँदैछन् नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
1:49 इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
1:10 स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते
0:45 आज तेस्रो दिन पनि दसैंको टीका र जमरा लगाइँदै
0:16 मौसम पूर्वानुमानः पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
0:04 छोटो र सजिलो घुमघाम गर्न उपयुक्त ७ ठाउँ
15:13 नेदरल्याण्ड्स ९० मै अलआउट, अष्ट्रेलियाको कीर्तिमानी जित
14:59 ‘भष्मे डन’लाई बक्स अफिसमा दशैं बिदाको फाइदा, बिहीवारदेखि मध्यपूर्वमा पनि
14:49 अलैंची टिप्न किसानलाई चटारो,  बगानमै मनाए दशैं
14:36 भरतपुर अस्पतालमा पर्याप्त दरबन्दी न उपकरण
13:46 धादिङमा बुधबार मात्र चार दुर्घटना, १७ जना घाइते
12:21 राजतन्त्रसँगै फेरिएको पचली भैरवको १२ वर्षे जात्रा
11:51 कुटपिट गरिएका २० वर्षीय युवकको उपचारका क्रममा मृत्यु 
11:29 नायकीकरणमा मेरो असहमति छ, नेतृत्व यसैले बिग्रिने हो
11:26 पाँच वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ
11:21 एक महिनामा ९१ हजार पर्यटक नेपाल आए, चिनियाँ दोस्रो स्थानमा
11:12 एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा
11:12 बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या, एक जना पक्राउ
11:08 आइएमई पेको 'आइएमई पे डिजिटल दसैं तिहार' अभियान सार्वजनिक
11:07 ‍विद्यालयले तिर्न सकेन भवन बनाउँदा लगेको उधारो, हार्डवेयर व्यापारीले लगाइदिइन् स्कुलको गेटमा ताला
11:00 दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद
10:55 दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित
10:50 फ्रान्स निर्यात हुन थाल्यो इलामको जडीबुटी
10:47 तीन घण्टा लामो सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो
10:45 संघ र प्रदेशमा सांसदको संख्या आधा घटाए हुन्छ: अर्जुननरसिंह केसी
10:43 एमाले कर्णाली प्रदेश कमिटीमा ४४ जना निर्विरोध
10:32 एमाले सुदूरपश्चिम अधिवेशनको तयारी तीव्र
10:23 डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन (तस्वीरहरू)
10:22 धनगढी उपमहानगरले फेला पार्‍यो अतिक्रमण परेका ८४ वटा ताल-तलैया
10:20 नौ महिनामा करिब ७ लाख पर्यटक भित्रिए
10:08 जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
10:08 पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकाल र हालका सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा
10:04 क्लासिक टकले सार्वजनिक गर्‍यो दसैं अफर
9:58 एमालेको कोशी अधिवेशनमा मतदानको समय ५ बजे तोकियो
9:54 माओवादी केन्द्रले भन्यो- प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-चीन सम्बन्ध सुदृढ भयो
9:49 चीनमा पनि नेपाली क्रिकेट पछ्याइरहेका फ्यान
9:45 सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
9:45 अभिनेता अनमोल केसीको बयान लिँदै प्रहरी
9:39 हेमन्त र अस्मिताले ल्याए 'निरजाले' गीत (भिडिओ)
9:37 नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड 
9:37 विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्दै शिक्षा मन्त्रीले भने- शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ
9:36 हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त
9:29 ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई प्रविधि र विकाससँग जोड्न आवश्यक छ: मन्त्री आचार्य
9:25 प्रधानमन्त्रीको भ्रमणपछि नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपियो : माओवादी केन्द्र
9:21 राष्ट्रिय सभागृहमा कांग्रेस रूपान्तरण अभियानको छलफल सुरू
9:17 विद्यालय शिक्षा विधेयक संसदमा पेश
9:14 मानव बेचबिखन मुद्दाका दुई आरोपी क्यानडा र थाइल्यान्डमा, इन्टरपोलको सहायताले पक्रन प्रयास गर्दै प्रहरी
9:13 शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई
9:07 विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश
9:05 प्रहरी सोधपुछमा अनमोलले भने- १० लाख फिर्ता लैजानूस भन्दा पनि निर्माता मानेनन्
9:03 संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री प्रचण्ड
9:03 राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री प्रचण्ड
9:00 एमालेको कर्णाली अधिवेशनमा मतदान सुरु
8:58 पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान
8:52 जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो : नेमकिपा
8:51 दिनदहाडै मान्छे मार्नेलाई राष्ट्रपतिले आममाफी दिने प्रणाली बन्द गरियोस्ः रवि लामिछाने
8:47 विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोतका हाकिम भन्छन् : जसको हो, उसैको नाममा गरिदिएँ
8:46 केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ
8:41 काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात
8:38 ‘बालापन’ प्रिमियरमा मन्त्री किरातीले भने- फिल्म आर्थिक विकासको मेरुदण्ड
8:38 अस्पतालभित्रै फेरि कुटिए डाक्टर, विरोधमा सिनामंगलमा प्रदर्शन (तस्बिरहरू)
8:35 पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने 
8:35 सरकारलाई माओवादी केन्द्रले भन्यो– चाडबाडको बेला उपभोक्तालाई राहत देऊ
8:35 एमाले कोशी अधिवेशन: अझै सुरू भएन मतदान
8:25 एमाले कर्णाली प्रदेश अधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी
8:24 फेरि आमाबुवा बन्न लागेका हुन् विराट र अनुष्का?
8:22 सोनाम ब्रान्डको चाडपर्व लक्षित योजना सार्वजनिक, ७० प्रतिशतसम्म छुट
8:20 पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा
8:20 उपभोक्ता हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छ: प्रधानमन्त्री
8:17 संविधान दिवशमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने
8:17 संविधान दिवसमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने
8:12 सिएमए डिग्रीबाट ६६ जना विद्यार्थी दीक्षित, के हो सिएमए कोर्स?
8:10 मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुन्छ ?
8:08 अरुको अनुहार नसम्झिनु रोग हो कि मानसिक अवस्था ?
8:08 बालकको मृत्युले वीरेन्द्रनगर दुई दिनदेखि तनावग्रस्त
8:01 कुमारी बैंकका ५ नयाँ शाखा विस्तार
7:51 अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै
7:48 धावनमार्गको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ‘फैसलाको अपव्याख्या’
7:47 जिडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा, नगददेखि आकर्षक उपहार सुविधासम्म
7:38 पछिल्लो सात महिनामा ग्यासको लागत ३२५ रूपैयाँले घट्यो, उपभोक्ता मूल्य ३१० रूपैयाँ बढ्यो
7:33 पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
7:31 सुन तस्करीबारे सरकारले बनायो जाँचबुझ आयोग, संयोजक डिल्लीराम आचार्य
7:27 एमआईटीद्वारा एकाडेमिक लिडरसीप समिट आयोजना
7:22 टेलर स्वीफ्टपछि अब बियोन्सेको सांगीतिक टुर
7:15 सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न
7:15 नारायण ढकालको १९ औं पुस्तक ‘अन्तिम पात’ सार्वजनिक
7:13 मदन पुरस्कार विजेता ओझा भन्छन्- कथा संग्रह लेख्दालेख्दै उपन्यास बनाएको थिएँ
7:08 भंगहाबाट गाँजा बिक्री गरेको आरोपमा महिला पक्राउ 
7:08 आइफोन १५ प्रयोगकर्तालाई एन्ड्रोइड केबल प्रयोग नगर्न चेतावनी
7:06 पेट्रोलियम पदार्थको भाउ बढेपछि भट्टराईको प्रश्न- सरकारले नबुझेको कि लाज पचाएको?
7:05 सुन तस्करी अध्ययन र थप छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति
7:02 रोयल इनफिल्डको 'हन्टर हेरिटेज राइड २०२३' सम्पन्न 
6:59 जिमेल एपमा नयाँ फिचर, अब एकै क्लिकमा डिलिट हुनेछन् अनावश्यक इमेल
6:57 थाहै नदिई मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट, ग्याँसमा सहुलियत घोषणा हुँदै
6:54 ई: सँगको सहमतिका लागि फुटपाथ व्यवसायीले दिए काठमाडौं महानगरलाई धन्यवाद (तस्बिरहरू)
6:51 सुनको भाउ तोलामा ८ सयले घट्यो
6:45 प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने