धावनमार्गको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ‘फैसलाको अपव्याख्या’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

१४ असोज, काठमाडौं । रुपन्देही (भैरहवा)का प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अदालतको आदेशको आफू अनुकूल व्याख्या गरी भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको खुलेको छ ।

अदालतले जग्गा दर्ताबारेमा जे जो बुझ्नु पर्ने हो बुझी आवश्यक निर्णय गर्नू गराउनू’ भनी आदेश दिएको थियो । प्रमुख मालपोत अधिकृत कुमार आचार्यले उच्च अदालत, तुलसीपुरको बुटबल इजलासले जग्गा दर्ता गर्न परमादेश दिएको भन्दै विमानस्थलभित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरेको खुलेको हो ।

अनलाइनखबरसँगको प्रतिक्रियामा रुपन्देही(भैरहवा)का प्रमुख मालपोत अधिकृत कुमार आचार्यले अदालतले नै जग्गा दर्ता गर्नू भनी परमादेश दिएको र त्यसै अनुसार जग्गा दर्ता भएको प्रतिक्रिया दिए । उनले भने, ‘उच्च अदालतले परमादेश दिइसकेको छ । त्यसभन्दा अघि जिल्ला अदालतमा त्यो जग्गाको विषयमा मिलापत्र भएको रहेछ । मिलापत्र हुँदा नै जग्गा दर्ताको कुरा उठेको हो । जे बुझ्नुपर्ने बुझी सबै अध्ययन गरेर मात्रै निर्णय भएको हो ।’

भैरहवाका पर्वतराजकान्त मिश्रले हाल भैरहवा विमानस्थलभित्र पर्ने जग्गामा आफ्नो हक लाग्ने भन्दै दर्ताका लागि भैरहवाको मालपोत कार्यालयमा निवेदन दिएका थिए । मालपोत कार्यालयले त्यसकारे कुनै निर्णय गरेको थिएन ।

निवेदनमाथि कुनै निर्णय नहुँदा आफूमाथि अन्याय भएको भन्दै उनी उच्च अदालत, रुपन्देहीको बुटबल इजलास गए । उच्च अदालतले १७ माघ २०७९ मा ‘जे जो बुझुनुपर्ने हो बुझी आवश्यक निर्णय गर्नू गराउनू’ भनी आदेश दिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतले भन्यो, ‘सरसर्ती हेर्दा अदालतको आदेशको अपव्याख्या गरी निर्णय भएको देखिन्छ ।’

यस्तो छ विवाद

भैरहवाकी सुर्जा मिश्राइनको नाममा ३४ कित्ता (कूल ३ विगाहा १४ कट्ठा) जग्गा थियो । हदबन्दीभन्दा बढीको जग्गा राज्यका नाममा अधिग्रहण हुने भएपछि उनले काली मन्दिरलाई जग्गा दिएकी थिइन् । २०२५ सालमा मिश्राइनको मृत्युपछि रमाकान्त मिश्रले ‘भाउजूको सम्पत्ति खाने हकवाला म हुँ’ भनी हदबन्दीबाट बँचेको जग्गाका लागि अदालतमा निवेदन दिए । २०३६ सालमा सर्वोच्च अदालतले रमाकान्त मिश्रलाई हकवाला भन्न मिल्ने ठहर्याइदियो ।

रुपन्देही(भैरहवा)का प्रमुख मालपोत अधिकृत कुमार आचार्य

केही जग्गामा मोही लागेको थियो । लामो प्रक्रियापछि २०६४ सालमा रमाकान्त मिश्रको नाममा जग्गा नामसारी भयो, त्यसलगत्तै उनको निधन भयो । अहिले मुद्दा हालेका पर्वतराज मिश्र (रमाकान्त मिश्रका नाती) ले बाजेबाट केही जग्गा आफ्नो नाममा ल्याएर बेचेको स्विकारेका छन् । विमानस्थल निर्माणकै क्रममा समेत उनले केही जग्गाको मुआब्जा समेत लिए । त्यसपछि बाँकी रहेको ७ कित्ता जग्गा छुट भएकाले दर्ता गरिपाउँ भन्ने उनको दाबी थियो । यथार्थमा त्यो जग्गा छुट नभई हदबन्दीका कारण सरकारका नाममा गएको थियो ।

यही बीचमा रमाकान्तको नाममा जग्गा दर्ता गर्ने मालपोत कार्यालयको निर्णय विरुद्ध विश्वम्भरनाथ मिश्र, हरिद्वारप्रसाद बनिया र चन्द्रशेखर मिश्र सर्वोच्च अदालत गए । उनीहरुले त्यो जग्गामा आफूहरुको पनि हक भएको दावी गरेका थिए । सर्वोच्च अदालतले रमाकान्तको नाममा मात्रै जग्गा दर्ता गर्ने मालपोतको निर्णय बदर गरिदियो । त्यसपछि मालपोत कार्यालयले हक कायम गरी ल्याउनु भनी २०७३ सालमा निर्णय पर्चा खडा गरेको थियो । दुवै पक्षबीच मिलापत्र भयो ।

उनीहरुबीच आफूहरुको नाममा आउन छुटेको जग्गाको छुट दर्ता गर्ने अनि त्यो जग्गा विमानस्थलमा परेकाले मुआब्जा बुझी हक छाड्ने भनी जिल्ला अदालत, रुपन्देहीमा मिलापत्र भयो ।

जिल्ला अदालतबाट मिलापत्रको चिठी २३ पुस २०७९ मा मालपोत कार्यालय रुपन्देही(भैरहवा)मा पुग्यो । अनि पर्वतराजले मिलापत्र अनुसार छुट जग्गा दर्ता पाउँ भनी निवेदन दिए । मालपोत कार्यालय यसबारे लामो समयसम्म कुनै निर्णय नगरी बस्यो ।

पर्वतराजले उच्च अदालत तुलसीपुरको, बुटबल इजलासमा जग्गा दर्ता गरिपाउँ भनी मुद्दा हाले । मालपोत कार्यालयले नापी कार्यालयबाट फिल्डबुक मगाई हेर्दा त्यहाँ कसैको नाम उल्लेख नभई खाली जग्गा जनिएकाले दर्ता गर्न नमिल्ने भनी अदालतमा जवाफ लेख्यो । उसले अहिले छुट जग्गा दर्ता नखुलेकाले छुट दर्ताको कारवाही अगाडि नसकिनेको जवाफ पनि दियो ।

व्यक्तिको निवेदनमाथि कुनै कारवाही नगर्ने, त्यसको आधार र कारण समेत नबताउने लगायतका काम कानूनी शासन, सुशासनको मूल्य र मान्यतालाई उपहास गरेको भन्दै अध्ययन गरेर तत्काल निर्णयमा पुग्नू भनी मालपोत कार्यालय प्रमुखको नाममा अदालतले आदेश दियो ।

मालपोत कार्यालय प्रमुखको नाममा अदालतले दिएको आदेश

न्यायाधीशहरु चन्द्रबहादुर सारु र किरण पौडेलको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘निवेदन उपर कुनै निर्णय गरेको नदेखिँदा जे जो बुझ्नु पर्ने हो बुझी आवश्यक निर्णय गर्नू गराउनू भनी भूमिसुधार तथा मालपोत कार्यालय रुपन्देहीको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’

यही आदेशलाई आधार मानेर मालपोत कार्यालयका प्रमुख कुमार आचार्यले गत ८ वैशाखमा भैरहवा विमानस्थलभित्रका जग्गा पर्वतराजकान्त मिश्रको नाममा दर्ता गरिदिए । आचार्यले १० कट्ठा जग्गा मात्र आफूले पर्वतराजकान्तको नाममा दर्ता गर्ने निर्णय गरेको दाबी गरेका छन्, तर मालपोत विभागमा आएको विवरणमा भने ४ विगाहा १६ कठ्ठा जग्गा व्यक्तिको नाममा गएको उल्लेख छ ।

विमानस्थलभित्रको जग्गा आफ्ना नाममा दर्ता भएपनि पर्वतराजले त्यसको भोगचलन गर्ने सम्भावना नै थिएन । त्यसपछि उनी नागरिक उड्डयन प्राधिकरणको विमानस्थल आयोजना कार्यालयमा गएर मुआब्जाको माग गरेका थिए । सञ्चालनमा आइसकेको विमानस्थलभित्रको जग्गाको मुआब्जा माग गरेपछि विमानस्थल कार्यालयले जिल्ला प्रशासन कार्यालय र मालपोतमा खबर गर्यो ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पनि अध्ययन टोली रुपन्देही पठाउने तयारी गरेको छ । विभागका महानिर्देशक विदुरप्रसाद खनाल भन्छन्, ‘टोलीले आवश्यक विवरण ल्याएपछि मात्रै थप थाहा होला ।’

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सम्बन्धित व्यक्तिबाट मुआब्जा माग भएपछि विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता भएको थाह भएको प्रतिक्रिया दिए । ‘सम्बन्धित क्षेत्रको सार्वजनिक जग्गा संरक्षणमा प्रमुख जिल्ला अधिकारीको पनि जिम्मेवारी तोकिएको छ, त्यसका लागि आवश्यक अध्ययन थालेका छौं’ उनले भने, ‘आवश्यक सोधपुछ र अध्ययनपछि जे देखिन्छ, त्यही निर्णय हुन्छ ।’

भूमि व्यवस्था विभागसम्वद्ध स्रोतका अनुसार प्रारिम्भक अध्ययनका क्रममा मालपोत कार्यालयले अदालतको फैसलाको अपव्याख्या गरेर जग्गा दर्ता गरेको देखिन्छ । ‘त्यही कार्यालयले अदालतमा लिखित जवाफ पठाउँदा यो जग्गाको फिल्डबुकमा कसैको नाम छैन, छुट दर्ता गर्न सकिँदैन भनेर जवाफ लेखेको देखिन्छ,’ स्रोतले भन्यो, ‘अदालतले छानबिन गरेर निर्णय गर्नु भनेपछि परमादेशका कारण जग्गा दर्ता गरिदिन बाध्य भयौं भनेर दावी गर्नु बदनियतपूर्ण काम हो ।’

मालपोत कार्यालयका प्रमुख आचार्य भने १० कठ्ठाको हकमा मात्रै आफूले निर्णय गरेको भन्दै अरु जग्गाबारे आफू आउनुभन्दा अघि नै निर्णय भएको बताउँछन् ।


Football news:

<!DOCTYPE html>
Kane on Tuchel: A wonderful man, full of ideas. Thomas in person says what he thinks
Zarema about Kuziaev's 350,000 euros a year in Le Havre: Translate it into rubles - it's not that little. It is commendable that he left
Aleksandr Mostovoy on Wendel: Two months of walking around in the middle of nowhere and then coming back and dragging the team - that's top level
Sheffield United have bought Euro U21 champion Archer from Aston Villa for £18.5million
Alexander Medvedev on SKA: Without Gazprom, there would be no Zenit titles. There is a winning wave in the city. The next victory in the Gagarin Cup will be in the spring
Smolnikov ended his career at the age of 35. He became the Russian champion three times with Zenit

2:16 १६ दिनकी नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ 
2:04 खुला भए रसुवाका सबै ग्रामीण सडक 
2:01 डा. गणेश राई : जो कान्ति अस्पताललाई सरस्वतीको मन्दिर ठान्छन्
1:49 आमा–बाबुले छोराछोरीको हात–खुट्टामा लेखिदिँदैछन् नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
1:49 इजरायल–हमास युद्ध : बालबालिकाका हात–खुट्टामा लेखिँदैछ नाम ताकि मृत्यु भएमा चिन्न सकियोस्
1:10 स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते
0:45 आज तेस्रो दिन पनि दसैंको टीका र जमरा लगाइँदै
0:16 मौसम पूर्वानुमानः पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
0:04 छोटो र सजिलो घुमघाम गर्न उपयुक्त ७ ठाउँ
15:13 नेदरल्याण्ड्स ९० मै अलआउट, अष्ट्रेलियाको कीर्तिमानी जित
14:59 ‘भष्मे डन’लाई बक्स अफिसमा दशैं बिदाको फाइदा, बिहीवारदेखि मध्यपूर्वमा पनि
14:49 अलैंची टिप्न किसानलाई चटारो,  बगानमै मनाए दशैं
14:36 भरतपुर अस्पतालमा पर्याप्त दरबन्दी न उपकरण
13:46 धादिङमा बुधबार मात्र चार दुर्घटना, १७ जना घाइते
12:21 राजतन्त्रसँगै फेरिएको पचली भैरवको १२ वर्षे जात्रा
11:51 कुटपिट गरिएका २० वर्षीय युवकको उपचारका क्रममा मृत्यु 
11:29 नायकीकरणमा मेरो असहमति छ, नेतृत्व यसैले बिग्रिने हो
11:26 पाँच वर्षीया बालिकामाथि बलात्कार आरोपमा युवक पक्राउ
11:21 एक महिनामा ९१ हजार पर्यटक नेपाल आए, चिनियाँ दोस्रो स्थानमा
11:12 एमाले गण्डकी प्रदेश अधिवेशनको तयारी पूरा
11:12 बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या, एक जना पक्राउ
11:08 आइएमई पेको 'आइएमई पे डिजिटल दसैं तिहार' अभियान सार्वजनिक
11:07 ‍विद्यालयले तिर्न सकेन भवन बनाउँदा लगेको उधारो, हार्डवेयर व्यापारीले लगाइदिइन् स्कुलको गेटमा ताला
11:00 दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद
10:55 दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित
10:50 फ्रान्स निर्यात हुन थाल्यो इलामको जडीबुटी
10:47 तीन घण्टा लामो सोधपुछपछि अनमोललाई सरकारी वकिल कार्यालयमा लगियो
10:45 संघ र प्रदेशमा सांसदको संख्या आधा घटाए हुन्छ: अर्जुननरसिंह केसी
10:43 एमाले कर्णाली प्रदेश कमिटीमा ४४ जना निर्विरोध
10:32 एमाले सुदूरपश्चिम अधिवेशनको तयारी तीव्र
10:23 डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन (तस्वीरहरू)
10:22 धनगढी उपमहानगरले फेला पार्‍यो अतिक्रमण परेका ८४ वटा ताल-तलैया
10:20 नौ महिनामा करिब ७ लाख पर्यटक भित्रिए
10:08 जलहरी प्रकरणमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार मुद्दा
10:08 पशुपति जलहरी प्रकरणमा तत्कालीन सदस्य सचिव ढकाल र हालका सदस्य सचिव थापाविरुद्ध भ्रष्टाचार मुद्दा
10:04 क्लासिक टकले सार्वजनिक गर्‍यो दसैं अफर
9:58 एमालेको कोशी अधिवेशनमा मतदानको समय ५ बजे तोकियो
9:54 माओवादी केन्द्रले भन्यो- प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-चीन सम्बन्ध सुदृढ भयो
9:49 चीनमा पनि नेपाली क्रिकेट पछ्याइरहेका फ्यान
9:45 सप्तरीबाट १ सय वटा वाकीटकी बरामद
9:45 अभिनेता अनमोल केसीको बयान लिँदै प्रहरी
9:39 हेमन्त र अस्मिताले ल्याए 'निरजाले' गीत (भिडिओ)
9:37 नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड 
9:37 विद्यालय शिक्षा विधेयक संसदमा पेश गर्दै शिक्षा मन्त्रीले भने- शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ
9:36 हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त
9:29 ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई प्रविधि र विकाससँग जोड्न आवश्यक छ: मन्त्री आचार्य
9:25 प्रधानमन्त्रीको भ्रमणपछि नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपियो : माओवादी केन्द्र
9:21 राष्ट्रिय सभागृहमा कांग्रेस रूपान्तरण अभियानको छलफल सुरू
9:17 विद्यालय शिक्षा विधेयक संसदमा पेश
9:14 मानव बेचबिखन मुद्दाका दुई आरोपी क्यानडा र थाइल्यान्डमा, इन्टरपोलको सहायताले पक्रन प्रयास गर्दै प्रहरी
9:13 शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं : शिक्षामन्त्री राई
9:07 विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभामा पेश
9:05 प्रहरी सोधपुछमा अनमोलले भने- १० लाख फिर्ता लैजानूस भन्दा पनि निर्माता मानेनन्
9:03 संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री प्रचण्ड
9:03 राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री प्रचण्ड
9:00 एमालेको कर्णाली अधिवेशनमा मतदान सुरु
8:58 पुरानै लयमा फर्कँदै अभिनाश, एकै खेलमा ६ विकेटको कीर्तिमान
8:52 जिल्ला शिक्षा कार्यालय ब्युताउनु प्रतिगमन नै हो : नेमकिपा
8:51 दिनदहाडै मान्छे मार्नेलाई राष्ट्रपतिले आममाफी दिने प्रणाली बन्द गरियोस्ः रवि लामिछाने
8:47 विमानस्थलको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोतका हाकिम भन्छन् : जसको हो, उसैको नाममा गरिदिएँ
8:46 केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ
8:41 काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात
8:38 ‘बालापन’ प्रिमियरमा मन्त्री किरातीले भने- फिल्म आर्थिक विकासको मेरुदण्ड
8:38 अस्पतालभित्रै फेरि कुटिए डाक्टर, विरोधमा सिनामंगलमा प्रदर्शन (तस्बिरहरू)
8:35 पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता आइतबार राति १२ बजेदेखि लागु हुने 
8:35 सरकारलाई माओवादी केन्द्रले भन्यो– चाडबाडको बेला उपभोक्तालाई राहत देऊ
8:35 एमाले कोशी अधिवेशन: अझै सुरू भएन मतदान
8:25 एमाले कर्णाली प्रदेश अधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी
8:24 फेरि आमाबुवा बन्न लागेका हुन् विराट र अनुष्का?
8:22 सोनाम ब्रान्डको चाडपर्व लक्षित योजना सार्वजनिक, ७० प्रतिशतसम्म छुट
8:20 पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा
8:20 उपभोक्ता हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छ: प्रधानमन्त्री
8:17 संविधान दिवशमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने
8:17 संविधान दिवसमा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिन बन्द गरौं : रवि लामिछाने
8:12 सिएमए डिग्रीबाट ६६ जना विद्यार्थी दीक्षित, के हो सिएमए कोर्स?
8:10 मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुन्छ ?
8:08 अरुको अनुहार नसम्झिनु रोग हो कि मानसिक अवस्था ?
8:08 बालकको मृत्युले वीरेन्द्रनगर दुई दिनदेखि तनावग्रस्त
8:01 कुमारी बैंकका ५ नयाँ शाखा विस्तार
7:51 अनमोल केसीलाई आज अदालतमा उपस्थित गराइँदै
7:48 धावनमार्गको जग्गा व्यक्तिको नाममा दर्ता गर्दा ‘फैसलाको अपव्याख्या’
7:47 जिडब्लुएमको टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज फिएस्टा, नगददेखि आकर्षक उपहार सुविधासम्म
7:38 पछिल्लो सात महिनामा ग्यासको लागत ३२५ रूपैयाँले घट्यो, उपभोक्ता मूल्य ३१० रूपैयाँ बढ्यो
7:33 पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
7:31 सुन तस्करीबारे सरकारले बनायो जाँचबुझ आयोग, संयोजक डिल्लीराम आचार्य
7:27 एमआईटीद्वारा एकाडेमिक लिडरसीप समिट आयोजना
7:22 टेलर स्वीफ्टपछि अब बियोन्सेको सांगीतिक टुर
7:15 सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो कर्पोरेट मिट २०८० सम्पन्न
7:15 नारायण ढकालको १९ औं पुस्तक ‘अन्तिम पात’ सार्वजनिक
7:13 मदन पुरस्कार विजेता ओझा भन्छन्- कथा संग्रह लेख्दालेख्दै उपन्यास बनाएको थिएँ
7:08 भंगहाबाट गाँजा बिक्री गरेको आरोपमा महिला पक्राउ 
7:08 आइफोन १५ प्रयोगकर्तालाई एन्ड्रोइड केबल प्रयोग नगर्न चेतावनी
7:06 पेट्रोलियम पदार्थको भाउ बढेपछि भट्टराईको प्रश्न- सरकारले नबुझेको कि लाज पचाएको?
7:05 सुन तस्करी अध्ययन र थप छानबिन गर्न ३ सदस्यीय आयोग गठन गर्ने सहमति
7:02 रोयल इनफिल्डको 'हन्टर हेरिटेज राइड २०२३' सम्पन्न 
6:59 जिमेल एपमा नयाँ फिचर, अब एकै क्लिकमा डिलिट हुनेछन् अनावश्यक इमेल
6:57 थाहै नदिई मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री निगमसँग असन्तुष्ट, ग्याँसमा सहुलियत घोषणा हुँदै
6:54 ई: सँगको सहमतिका लागि फुटपाथ व्यवसायीले दिए काठमाडौं महानगरलाई धन्यवाद (तस्बिरहरू)
6:51 सुनको भाउ तोलामा ८ सयले घट्यो
6:45 प्रधानमन्त्री प्रचण्डले संसदमा सम्बोधन गर्ने