Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

२०८४ मा एक्लै लडेर बहुमत ल्याउँछौंः जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले २०८४ को निर्वाचन बहुमत ल्याउने गरी पार्टी निर्माण अभियानमा लागेको बताएका छन्।

माओवादीको विराटनगर महानगरपालिका समितिले विराटनगरमा गरेको कार्यक्रममा बोल्दै माओवादी केन्द्रका उपमहासचिव शर्माले अबको निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने बताए।

'कहिले यो दल र कहिले त्यो दलसँग गठबन्धन गर्दा पार्टीलाई क्षति भएको छ। भिमकाय पार्टी टुटफुट भएर सानो भएको छ,' उनले भने, 'अब हाम्रै बलबुतामा यसलाई बलियो बनाउने हो। अहिलेको सरकारले इतिहासकै लोकप्रिय काम गरेको छ। हामी यसको बलमा अझै बलियो बन्छौं।'

अबको निर्वाचनमा एक्लै लड्ने र बहुमत ल्याउने गरी लड्ने उनको दाबी छ। 

दसैं-तिहारका बेलामा समेत पार्टी अभियान नरोक्ने उनले बताए।

The web

The web

'हामी चाडपर्वमा समेत जनताको घरमा जान्छौं। तीन महिने जनतासँग माओवादी रूपान्तरण अभियान रोकिँदैन,' उनले भने, 'हामी जनताबाट टाढा रहँदैनौं। जनताका कुरा सुन्छौं र काम गर्छौं।'