Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

आगामी चुनाव माओवादी एक्लै लड्छ : उपमहासचिव शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, विराटनगर । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आगामी चुनाव माओवादी एक्लै लड्ने र एक्लै बहुमत ल्याउने दावी गरेका छन् ।

माओवादी केन्द्र विराटनगर महानगर समितिले शनिवार आयोजना गरेको एकदिने स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले सो कुरा बताएका हुन् ।

माओवादी केन्द्रको संगठन बिभाग प्रमुख समेत रहेका शर्माले भने, ‘०८४ को चुनाव माओवादी एक्लै लड्छ र अहिले सरकारले गरेको लोकप्रिय कामको बलमा बहुमत पनि स्पष्ट ल्याउँछ ।’ पटक–पटक अर्को दलसँग मिलेर लड्दा माओवादीको आफ्नो स्वत्व हराएको र मतदाता अलमलिएको भन्दै शर्माले अब एकल रुपमा चुनाव लड्ने निर्णय नै गरेर अघि बढ्ने बताए ।

माओवादीले हरेक पटक सरकारमा जाँदा लोकप्रिय काम गरिरहेको तर त्यसको जस लिन नसकेको भन्दै नेता शर्माले प्रचण्ड नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन कायम गर्ने गरी गरेका कामको प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले पार्टी रुपान्तरण अभियान चाडबाडको बेलामा पनि जारी रहने बताए ।