Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

आइएमई पेको 'आइएमई पे डिजिटल दसैं तिहार' अभियान सार्वजनिक

नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले आउँदै गरेको दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै 'आइएमई पे डिजिटल दसैं तिहार' अभियान सार्वजनिक गरेको छ। 

यो अफर असोज १४ गतेदेखि सुरू भई मंसिर ३ गतेसम्म लागू हुने कम्पनीको भनाइ छ।

उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरूले  विभिन्न कारोबारको लागि क्यासब्याकको प्रोमो कोड प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफ स्टाइलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्। 

अन्त्यमा ८ जना भाग्यशाली विजेताले ५० हजार रुपैयाँ बराबरको सपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्नेछन्। 

The web

The web

यो सँगै आइएमई पे मार्फत् रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैयाँ प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सिइओ प्रविन रेग्मीले बताए।

यस अफरसम्बन्धी विस्तृत जानकारी तथा नियम र सर्तहरू आइएमई पेको आधिकारिक वेभ पेजमा उपलब्ध हुनेछ।