Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

आइफोन १५ प्रयोगकर्तालाई एन्ड्रोइड केबल प्रयोग नगर्न चेतावनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

एप्पलले हालै आफ्नो आइफोन १५ सिरिज लञ्च गर्‍यो, जसमा टाइप सी चार्जिङ रहेको छ । एप्पलले आफ्नो स्वामित्वको लाइटनिङ पोर्टलाई बिदा गर्दै पहिलोपटक आइफोनमा टाइप सी चार्जर पोर्ट राखेको हो । यद्यपि यो परिवर्तनसँगै एउटा नयाँ समस्या उब्जिएको छ । कतिपय आइफोन प्रयोगकर्ताहरुले एन्ड्रोइड फोनको चार्जर प्रयोग गर्दा आइफोन १५ अत्यधिक मात्रामा तातेको गुनासो गरेका छन् ।

आइफोन १५ सिरिज बजारमा आएसँगै कतिपय प्रयोगकर्ताले फोन बढी तात्ने गरेको अर्थात् ओभरहिटिङको समस्या रहेको गुनासो गरेका छन् ।

एन्ड्रोइड फोनको चार्जरबाट आइफोन चार्ज गर्दा फोन छुनै नसकिने गरी तात्ने गरेको कतिपय प्रयोगकर्ताको भनाइ छ ।

चीनमा एप्पल स्टोरहरुले आइफोन १५ प्रयोगकर्ताहरुलाई आफ्ना डिभाइससँगै एन्ड्रोइड यूएसबी सी चार्जरको प्रयोग नगर्न सल्लाह दिएका छन् ।

सबैखाले एन्ड्रोइड चार्जरमा आइफोन १५ का लागि आवश्यक पावर नहुन सक्ने र सोही कारण आइफोन बढी मात्रामा तात्ने समस्या उत्पन्न भएको हुनसक्ने बताइएको छ ।

एउटा एप्पल स्टोरले गुआंगडोंग प्रान्तको फोशानमा ग्राहकहरुलाई आइफोन १५ चार्ज गर्नका लागि एन्ड्रोइड यूएसबी सी केवलको प्रयोग नगर्न सल्लाह दिएको छ ।

स्टोरका कर्मचारीहरुले एन्ड्रोइड फोनको यूएसबी केबलका कारण आइफोनमा ओभरहिटिंग भएको हुनसक्ने भन्दै आफ्ना ग्राहकहरुलाई यस्तो सल्लाह दिएका हुन् ।

एन्ड्रोइड यूएसबी सी केबल र आइफोन १५ को बीचमा एउटा अन्तर भनेको पिनको व्यवस्था फरक-फरक हुनु हो । एन्ड्रोइड केबलमा Single-Row 9-Pin कनेक्टर हुन्छ भने आइफोन १५ मा Single-Row 11-Pin कनेक्टर हुन्छ ।

स्टोरका कर्मचारीहरुका अनुसार यहीँ अन्तरका कारण एन्ड्रोइड केबलले पर्याप्त शक्ति प्रदान गर्न सक्दैन । जसका कारण आइफोन १५ ओभरहिट हुनसक्छ ।

एप्पलले भने यो विषयमा कुनै पनि आधिकारिक टिप्पणी गरेको छैन । तथापि एप्पल स्टोरका कर्मचारीहरुबाट दिइएको यस्तो चेतावनी वास्तवमा डिभाइसको सुरक्षा चिन्ताका कारण हो कि एप्पल डिभाइसहरुको बिक्री बढाउने रणनीति हो प्रष्ट नभएको टिप्पणी कतिपयले गरेका छन् ।