Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

अनाथ बालबालिकाले सार्वजनिक गरे रमला पाख्रिनको 'धुन' (भिडिओ)

गायिका रमला पाख्रिनको गीत 'धुन' सार्वजनिक गरिएको छ। 

एकिकृत समृद्धि नेपाल बाल आश्रममा बस्ने अनाथ बालबालिकाको हातबाट पाख्रिनको गीत सार्वजनिक गरिएको हो। शुक्रबार काठमाडौंको तारकेश्वरस्थित आश्रममा बस्ने ३५ जना बालबालिका र गायिका पाख्रिनले संयुक्त रूपमा गीत सार्वजनिक गरेका थिए। 

द्वन्द्व पिडित तथा विपन्न अनाथ बालबालिकालाई आश्रय दिइरहेको आश्रममा १४ जिल्लाका विभिन्न उमेर समूहका बालबालिकाहरू रहेका छन्। विगत १३ वर्षदेखि सञ्चालनमा रहेको आश्रमले नै उनीहरूको शिक्षा सहित गाँसबासको व्यवस्था गर्दै आएको छ। गीत सार्वजनिक गर्दै गायिका पाख्रिनले आश्रमका लागि झन्डै एक महिना पुग्ने खाद्यान्नसमेत हस्तान्तरण गरेकी थिइन्। 

गायिका पाख्रिनको यो कदमले आफूहरूको समाज सेवामा थप हौसला मिलेको संस्थाका अध्यक्ष भिम रोका मगरले बताएका छन्।

गायनमा पाख्रिनलाई कमल खत्रीले साथ दिएका छन्। गीतमा खत्रीकै शब्द तथा संगीत रहेको छ। राजेश पुमा राईले निर्देशन गरेको गीत भिडिओमा मिरूना मगर र घनश्याम घलेलाई देख्न सकिन्छ।

The web

The web

उत्सव दाहालले छायांकन गरेको गीतलाई विकास दाहालले सम्पादन गरेका हुन्।