Nepal

अफ्रिदीले मोदीको आलोचना गर्दा भारतीय क्रिकेटर आक्रोशित

६ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीमाथि अहिले भारतका केही क्रिकेटरहरु खनिएका छन् । अफ्रिदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विषयमा गरेको नकारात्मक टिप्पणीलाई लिएर उनीहरु भड्किएका हुन् ।

अफ्रिदी हालै सामाजिक कामको सिलसिलामा पाकिस्तान नियन्त्रित कश्मिर गएका थिए । त्यहाँ उनले कश्मिरी जनताका बीच सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीको चर्को आलोचना गरेका थिए । त्यसको भिडियो बाहिर आएपछि भारतमा भाइरल भइरहेको छ ।

अफ्रिदीले भनेका छन्, ‘अहिलेको समयमा संसारभर ठूलो रोग फैलिइरहेको छ । तर, योभन्दा ठूलो रोग मोदीको मन र मस्तिष्कमा छ । त्यो रोग धर्मको रोग हो । उनी धर्मलाई समातेर राजनीति गरिरहेका छन् । यहाँभन्दा दुई किलोमिटर टाढा हाम्रा काश्मिरी दाजुभाइ, दिदीबहिनी तथा बुवाआमामाथि लामो समयदेखि उनी अत्याचार गरिरहेका छन् ।’

अफ्रिदी अगाडि भन्छन्, ‘मोदी आफूलाई निकै साहसिक मान्छे देखाउन खोज्छन्, तर वास्तविकतामा डरपोक छन् । यति सानो कश्मिरभित्र उनले सात लाखको फौज खडा गरेका छन् । जबकी हाम्रो सिंगै पाकिस्तानको फौज सात लाख छ । तर, मोदीलाई यो थाहा छैन कि हाम्रा सात लाख फौजका पछाडि २३–२३ करोडको फौज खडा छ । हामी सबै हाम्रो सुरक्षा फौजको साथमा छौं र म आफ्नो फौजलाई सलाम गर्छु ।’

अफ्रिदीको यो अभिव्यक्ति सार्वजनिक भएपछि सबैभन्दा अगाडि प्रतिवाद गर्न तम्सिए गौतम गम्भिर । गौतम र अफ्रिदीबीच पुरानै दुश्मनी छ ।

गम्भिरले ट्विटरमा लेखेका छन्, ‘पाकिस्तानका सात लाख फौजलाई २० करोडको समर्थन छ । यसो भन्छन् १६ वर्षका मानिस शाहिद अफ्रिदी । तर, ७० वर्षदेखि पाकिस्तान काश्मिरका लागि भिख मागिरहेको छ । अफ्रिदी, इमरानजस्ता जोकरहरुले पाकिस्तानी जनतालाई मुर्ख बनाउन सक्छन्, तर काश्मिर प्राप्त गर्न सक्दैनन् । बंगलादेशलाई सम्झेका छौ ?’

यसैगरि अर्का भारतीय क्रिकेटर शिखर धवनले लेखेका छन्, ‘यतिबेला सिंगो विश्व कोरोनासँग लडिरहेको छ, तिमीलाई चाहिँ कश्मिरको चिन्ता ? कश्मिर हाम्रो थियो, हाम्रो हो र हाम्रै रहन्छ । चाहे २२ करोड लिएर आओ, हाम्रो एक लाख बराबर हुन् । बाँकी गन्ती आफैं गर्नु ।’

अफ्रिदीको भिडियो भाइरल भएपछि भारतमा यूवराज सिंह र हरभजन सिंहमाथि निशाना साँधिएको थियो । यी दुईले अफ्रिदीको एउटा च्यारिटी संस्थालाई सन्देशमूलक भिडियो पठाएका थिए । भारतविरोधीलाई सहयोग गरेको भनेर फ्यानहरुले उनीहरुलाई प्रश्न उठाए । त्यसपछि दुवैले जवाफ दिएका छन् ।

हरभजनले भनेका छन्, ‘मैले उनको संस्थालाई कुनै आर्थिक सहयोग गरेको छैन । उनले सेवामूलक कार्यलाई भिडियो पठाइदिन आग्रह गरेपछि मानवीयताको नाताले पठाएको हुँ । अब उनीसँग मेरो सम्बन्ध टुट्यो ।’

यसैगरी यूवराज सिंहले ट्विटरमा लेखेका छन्, ‘अफ्रिदीले हाम्रो प्रधानमन्त्रीलाई लिएको टिप्पणीबाट निराश छु । मैले तिम्रो आग्रहमा मानवीयताको नाताले सहयोग गरेको थिएँ । अब गर्दिनँ ।’

Football news:

Setien on Messi's rest: Of course, he needs it. But the score in the match against Valladolid was too slippery
Immobile – the fans of Lazio: Some people seem to have too short a memory. Leave my family alone
Holand was kicked out of a nightclub in Norway
Zinedine Zidane: real is real. The most important club in history
Nuremberg miraculously remained in the second Bundesliga. We scored in the joints on the 96th, both teams sobbed
Griezmann will miss Barca's last two games in La Liga. He was out for at least three weeks
Inter midfielder Brozovich was stripped of his driver's license. He was driving a Rolls-Royce under the influence of alcohol