Nepal

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा चार चिकित्सक पक्राउ

२७ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरबाट चार चिकित्सक पक्राउ परेका छन् ।

अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा प्रहरीले चार चिकित्सक र जिल्ला प्रशासन कार्यालय चितवनका कर्मचारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा अस्पतालको मिर्गौला रोग विभागका प्रमुख प्रा. डा. राकेश बर्मा, प्रा. डा. बालकृष्ण कालाखेती,  डा. किरण अधिकारी र डा. सुप्रभात श्रेष्ठ छन् । डा. सुभात श्रेष्ठ कलेजका सीईओ र मेडिकल काउन्सिलका सदस्य पनि हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारी र अधिवक्ता रमेश काफ्ले पनि पक्राउ परेका छन् ।

कलेजमा एक वर्षअगाडि ललितपुरका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको थियो । भान्जा नाता प्रमाणित गरेर ल्याइएका एक युवकले उनलाई मिर्गौला दिएका थिए । त्यसको अनुसन्धानका क्रममा प्रहरीको अपराध अनुसन्धान ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Hazard will be in the starting line-up of Real Madrid for the first time in the Champions League play-offs
Milan is Interested in Torreira. Arsenal are ready to sell the midfielder
Lineker on bale: People have no idea what's really going on with one of the best players of our time
Lionel Messi: Aduriz will be missed by everyone in La Liga. He's a Bombardier
Shakespeare became an assistant coach at Aston Villa
In England, the stadium can be closed to spectators for racism. Players will be disqualified for 6-12 matches for discrimination
Hans-Dieter flick: I will Understand if Tiago wants to play in the Premier League