Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

बाख्राले कोदो खाएको निहुँमा वृद्धाको हत्या, एक जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, धादिङ । धादिङमा बाख्राले कोदो खाएको निहुँमा एक वृद्धाको हत्या भएको छ । नेत्रावती डबजोङ गाउँपालिका-४ की ७० वर्षकी सुकमाया गुरुङको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ३५ वर्षका मंगल गुरुङलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार १२ असोजको अपरान्ह ४ बजे सुकमायाको शव भेटिएपछि प्रहरीले अनुसन्धन सुरु गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट हत्या भएको खुलेपछि प्रहरीले मंगल गुरुङको खोजी सुरु गरेको थियो । उनी आफ्नो घरदेखि केही पर गोठमा लुकेर बसेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा पक्राउ गरेको खुर्पा पनि बरामद गरेको छ ।

प्रहरीका अनुसार मृतक सुकमायाको गाईबाख्राले पटक पटक मंगलको अन्नबाली खाएको  र घटना भएको दिन पनि  सुकमायाको गाईबाख्राले मंगलको कोदो खाइदिएको थियो । सोही विषयमा विवाद हुँदा आफूले सुकमायालाई खुर्पा प्रहार गरेको मंगलले स्वीकार गरेको प्रहरीले बताएको छ ।