Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

बालकको मृत्युले वीरेन्द्रनगर दुई दिनदेखि तनावग्रस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, सुर्खेत । बालकको मृत्यु भएको विषयलाई लिएर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर विहानैदेखि तनावग्रस्त बनेको छ ।

शुक्रबार र शनिबार छुट्टा–छुट्टै दुई घटनामा दुई बालकको मृत्यु भएपछि आफन्तले वीरेन्द्रनगरको एरिचोकमा आइतबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

दुवै बालकका आफन्तले संयुक्त रूपमा आन्दोलन गरेका छन् । जसका कारण वीरेन्द्रनगरको मंगलगढी र एरिचोक परिसर आइतबार बिहानैदेखि तनावग्रस्त बनेको हो । वीरेन्द्रनगर– ३, गोकुल कटेज नजिकै मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका–६ खिड्कीज्यूला घर भएका पाँच वर्षीय बालक दिग्दर्शन पुरीको शनिबार बिहान मृत्यु भएको थियो ।

त्यस्तै नगरपालिका–६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । उनी दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–१ का हुन् ।

शुक्रबार वीरेन्द्रनगर होस्टेलमै शङ्कास्पद मृत्यु भएका उनका आफन्त र मोटरसाइकलको ठक्करबाट मृत्यु भएका पुरीका आफन्तहरू घटनाको छानबिन र क्षतिपुर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जसले गर्दा दुई दिनदेखि वीरेन्द्रनगर तनावग्रस्त छ ।

उषा बालवाटिकामा आन्दोलनकारीले शनिबार आगजनी गरेका थिए । आफन्तहरूले घटना शङ्कास्पद रहेको भन्दै शव उठाउन दिएका थिएनन् । भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँससमेत प्रहार गरेको थियो ।

मोटरसाइकलले ठक्कर दिएको घटनामा अहिलेसम्म पनि चालक फरार छन् । घटेको २४ घण्टा पुगे पनि प्रहरीले चालकलाई पक्राउ गर्न नसकेको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।

मृतक बालकका आफन्तहरुले वीरेन्द्रनगरका चोक–चोकमा टायर बाल्नेदेखि नाराबाजी गरिरहेका छन् । कर्णाली राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् । शनिबार दिनभर तनावग्रस्त बनेको वीरेन्द्रनगर आइतबार पनि तनावग्रस्त बनेको छ ।

आन्दोलनलाई सहज बनाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले बताए । ‘हामी आन्दोलन सहज बनाउने प्रयास गरिरहेका छौँ । दुवै घटनाको अनुसन्धान भइरहेको छ’ उनले भने ।

उषा बाल वाटिकामा मृृत भेटिएका बालकको शव पोस्टमार्टमका लागि प्रदेश अस्पताल लगिएको छ । घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउने प्रयास भइरहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटाले बताए ।

‘मोटरसाइकल चालकको खोजी कार्य भइरहेको छ । उहाँहरू आन्दोलन गर्नुहुन्छ । अनुसन्धान गर्ने काम भइरहेको छ’, प्रजिअ सापकोटाले भने ।