Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

‘भष्मे डन’लाई बक्स अफिसमा दशैं बिदाको फाइदा, बिहीवारदेखि मध्यपूर्वमा पनि

बुधबार भक्तपुरको क्यूएफएक्स हलमा ‘भष्मे डन’ हेर्न लामबद्ध दर्शक । तस्वीर : विष्णु शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । बुधबार अपरान्ह २ः३० बजे क्यूएफएक्सको भक्तपुरस्थित हलमा पुग्दा त्यहाँ ‘भष्मे डन’को अकुपेन्सी शतप्रतिशत देखियो । टिकट लिएर हलभित्र प्रवेश गर्न खोजेका दर्शकको लाइन भर्‍याङ तलसम्मै थियो ।

प्रदर्शनको पाँचौ दिन बुधबार देखिएको ‘भष्मे डन’को यो दृश्यले दर्शक हलमा दर्शक फर्किएको स्पष्ट संकेत गर्छ । फिल्मलाई लिएर मिश्रित प्रतिक्रिया देखिएपनि दर्शकीय ‘फुटफल’मा कमी छैन ।

शनिबार रिलिज भएको फिल्मले टीकाको दिनमा राम्र्रै कमाइ गर्‍यो । विजया दशमीको भोलिपल्ट अर्थात बुधबार फिल्मको कमाइ पनि उल्लेखनीय देखिन्छ । काठमाडौं र उपत्यकाबाहिरका प्रमुख सहरका मल्टिप्लेक्समा फिल्मको कमाइमा बृहतरुपमा गिरावट छैन ।

दशैंको लगातार ८ दिनको बिदाको फाइदा ‘भष्मे डन’ले उठाउने देखिएको छ । आगामी शुक्रबार पनि नयाँ फिल्म रिलिज नहुँदाको फाइदा यो फिल्मलाई हुने देखिएको छ । दोस्रो सप्ताहन्तमा समेत बिदा र त्यसमाथि राम्रो शोज प्राप्त हुँदा भष्मे डनलाई राहत हुनेछ ।

भलै, समीक्षा मिश्रित आएपनि यसको प्रभाव दोस्रो सप्ताहन्तमा कस्तो पर्छ, अहिल्यै भनिहाल्न हतार हुनेछ । यद्यपि, नयाँ फिल्म रिलिज नभएको मौका भष्मे डनलाई लाभदायक हुनसक्छ ।

बिहीवारदेखि यो फिल्म मध्यपूर्वका मुलुकमा समेत रिलिज हुँदैछ । जसले गर्दा नेपाली डायस्पोरामा समेत यसले फेस्टिभ मुड सिर्जना गर्नसक्ने अनुमान गरिएको छ । खगेन्द्र लामिछानेको पटकथा लेखन रहेको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

बिपिनसहित फिल्ममा सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङको अभिनय छ । कूल मिलाएर ‘भष्मे डन’ शीर्ष पात्रले आफ्नो पहिचानको लागि गर्ने संघर्ष र पशुपति मन्दिर क्षेत्रमा वर्चस्व जमाउन खोज्ने कुराको कथावस्तुमा छ ।

फिल्मको पोस्ट-क्रेडिट दृश्यले यो फिल्मको कथावस्तु अझै निरन्तर हुनेतर्फ निर्माताले योजना बनाएको बुझ्न सकिन्छ । पक्का के हो भने बिपिन वा सौगात कुनै एकलाई लिएर निर्माताले श्रृंखला निर्माण गर्ने बाटो खोलेका छन् ।