Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

छोटो र सजिलो घुमघाम गर्न उपयुक्त ७ ठाउँ

दसैंदेखि तिहारसम्मको समय घुम्नका लागि उपयुक्त मानिन्छ।

आजभोलि टुर्स तथा ट्राभल कम्पनीहरूले पनि विभिन्न ठाउँको प्याकेज बनाइरहेका छन्। छोटो समयमा सजिलो घुमघाम कहाँ गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने हामीले यहाँ ७ ठाउँ सुझाएका छौं।

हामीले पर्यटन व्यवसायीहरूसँग कुराकानी गरेर यी गन्तव्य यहाँ उल्लेख गरेका हौं।

पोखरा/सिक्लेस 

पर्यटकीय नगरी पोखरा आन्तरिक र विदेशी पर्यटकहरूको पहिलो रोजाइमा पर्ने गन्तव्य हो।

पोखरामा घुमफिरका लागि डेभिड फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, चमेरी गुफा, फेवा ताल, रूपा ताल, बेगनास ताल लगायत थुप्रै मनमोहक ठाउँहरू छन्।

सराङकोट यहाँको अर्को आकर्षण हो। सराङकोटबाट पोखरा सहर, फेवाताल, सेता हिमाल लगायत दृश्यावलोकन गर्न पाइन्छ।

तपाईं पोखरा जाँदै हुनुहुन्छ भने सिक्लेससम्म पनि पुग्नुहोस्। अथवा सिक्लेस पुगेर फर्किँदा पोखरा पनि घुमघामका लागि प्याकेज बनाउनुस्।

Nchl
Nchl
The web
The web

अन्नपूर्ण हिमालको काखमै रहेको सिक्लेस गाउँ पोखराबाट २० किलोमिटर पर पर्छ। गुरूङहरूको एक ऐतिहासिक र रमणीय पर्यटकीय गाउँ हो सिक्लेस। माटो र ढुंगाले गुम्बज शैलीमा बनाएका घरहरू यहाँको मुख्य आकर्षण हुन्। सिक्लेसबाट अन्नपूर्ण, लमजुङ लगायत हिमशृंखलाहरू अवलोकन गर्दै स्थानीय संस्कृतिमा रमाउन सकिन्छ। 

यो यात्राका लागि सार्वजनिक सवारी साधनमा जान सकिन्छ। परिवार र आफन्तसँग मिलेर जिप रिजर्भ गर्न पनि सकिन्छ। यसो हुँदा काठमाडौंबाट पहिलो दिन सिधै सिक्लेस पुगिन्छ।

भोलिपल्ट सिक्लेस घुमघामपछि पोखरा फर्केर पर्सिपल्ट फेरि काठमाडौं फर्किन सकिन्छ।

fewataal1648728305.jpg

बन्दीपुर

तनहुँमा रहेको बन्दीपुर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको गन्तव्य हो। काठमाडौंबाट छोटो दुरीमा रहेको बन्दीपुरमा साप्तहिक बिदा मनाउन र एक दिने हाइकिङका लागि पनि पुग्छन्।

काठमाडौंबाट करिब डेढ सय किलोमिटर दुरीमा रहेको बन्दीपुरको आकर्षण भनेको नेवारी बस्ती र सुन्दर दृश्यावलोकन नै हो।

यहाँबाट तनहुँका सुन्दर फाँटहरू, विभिन्न हिमाल लगायत दृश्यहरू हेर्न पाइन्छ।

बस्नका लागि सुविधा सम्पन्न होटलहरू छन्। वातावरणका हिसाबले पनि यो ठाउँ उत्तम छ।

bandipur-1698249140.jpg

लुम्बिनी

गौतम बुद्धको जन्मस्थान लुम्बिनी घुमफिरको अर्को आकर्षक गन्तव्य हो। लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने यो गन्तव्य स्वदेशीसँगै विदेशी पर्यटकको पनि रोजाइमा छ।

भैरहवासम्म जहाजमा गएर त्यहाँबाट गाडीमा लुम्बिनी जान सकिन्छ। वा काठमाडौंबाट सिधै गाडीमा पनि पुग्न सकिन्छ।

Lumbini-1698249139.jpg

चितवन/सौराहा

काठमाडौंबाट छोटो दुरीमा रहेको अर्को आकर्षक गन्तव्य सौराहा हो। चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ टुरिजमका लागि चर्चित छ। चितवनको मुख्य आकर्षण हात्ती र जिप सफारी हो। हात्ती तथा जीप सफारी गर्दा बाघ, गैंडा, अर्ना, जंगली हात्ती, घडियाल, चराचुरूंगी अवलोकन गर्न पाइन्छ।

यहाँको अर्को आकर्षण स्थानीय थारू संस्कृति हो। साँझमा देखाइने थारू नाच उत्तिकै लोकप्रिय छ। बस्नका लागि सुविधा सम्पन्न होटलहरू छन्। घुमघामका लागि अटो रिक्सा पनि पाइन्छ। दुईदेखि तीन दिनसम्म रमाउन सौराहा उपयुक्त हुन्छ।

Beautiful-Chitwan-4-1698249140.jpg

जोमसोम/मुक्तिनाथ

धार्मिक र पर्यटकीय हिसाबले जोमसोम र मुक्तिनाथ पनि घुमफिरका लागि उपयुक्त गन्तव्य हो।

जोमसोम हुँदै मुक्तिनाथ मन्दिर जान सकिन्छ। प्राकृतिक सुन्दरता, शान्त वातावरण रूचाउनेका लागि यो गन्तव्य उपयुक्त हुन सक्छ।

फिल्म र गीतहरू छायांकनका लागि पनि यो गन्तव्य लोकप्रिय मानिन्छ। निलो आकाश र हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिच्दा मनै पुलकित हुन्छ।

Muktinath_Temple_Snow-1698249138.jpg

दोलखा

काठमाडौंबाट सजिलै गाडीमा जान सकिने अर्को गन्तव्य हो दोलखा।

कालिञ्चोक भगवती, दोलखा भिमसेन, शैलुङ, जिरी लगायत पर्यटकीय गन्तव्यले भरिएको दोलखा काठमाडौंबाट डेढ सय किलोमिटर दुरीमा पर्छ। परिवार र साथीभाइसँग घुम्न कालिञ्चोक उपयुक्त छ।

कुरी बजारबाट केबलकारमार्फत कालिञ्चोक पुग्न सकिन्छ। हिँडेरै जाने हो भने सिधा उकालो चढ्नुपर्छ।

कालिञ्चोकको मन्दिरबाट गौरीशंकर, लाङटाङ, रोल्वालिङ हिमशृंखला देख्न सकिन्छ। चिसो मौसममा यस क्षेत्रमा हिउँ पर्ने भएकाले हिउँ खेल्न समेत जाने गर्छन्।

कालिञ्चोक यात्रा पछि सोही दिन दोलखाको प्रसिद्ध दोलखा भिमसेन पनि जान सकिन्छ। दोलखाको सदरमुकाम चरिकोटमा बसेर भोलिपल्टै फर्किन सकिन्छ।

Majestic-Kalinchowk-4-1698249138.jpg

इलाम

पूर्वको इलाम सार्वजनिक यातायातमार्फत सजिलैसँग पुग्न सकिने ठाउँ हो। यहाँ चिसो हावापानी, चिया बगानको हरियालीमा रमाउन पाइन्छ।

कञ्चनजंघा र सगरमाथा हिमालको दृश्यमा रमाउँदै चियाबारीमा लुकामारी खेल्न मन पराउनेहरूका लागि इलाम यात्रा रोमाञ्चक हुन सक्छ। 

सूर्योदय दृश्यावलोकनको लागि प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी, कन्याम चियाबगान, सन्दकपुर पर्यटनका लागि चर्चित स्थान हुन्।

antoo (8)1643194702.jpeg
श्रीअन्तु पोखरी। तस्बिर: सुरेन्द्र फुयाल।