Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, दाङ । दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद पोखरेलले ९१० मत मात्र पाए ।

निर्वाचनमा १ उपाध्यक्षबाहेक सबै पदाधिकारी जोशीकै प्यानलका निर्वाचित भएका छन् । निर्वाचनमा जोशीले संयुक्त व्यवसायिक र पोखरेलले साझा समावेशी नाममा छुट्टाछुट्टै प्यानल बनाएका थिए ।

सघंको वरिष्ठ उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका नरेशकुमार श्रेष्ठ र उद्योग उपाध्यक्षमा साझा समावेशी व्यावसायिक प्यानलका ध्रुवकुमार गहतराज निर्वाचित भएका छन् ।

उपाध्यक्षमा संयुक्त व्यवसायिक प्यानलका मालिलाराम खड्का, महासचिवमा महेन्द्र बुढाथोकी, सचिवमा विकास वली, कोषाध्यक्षमा जगत आचार्य, सहकोषाध्यक्षमा माधब खनाल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बिक्रम राना, महिला सदस्यमा लिला नेपाली, वाणिज्यतर्फका सदस्यहरुमा रुद्रबहादुर जैसी, दीपक पण्डित, निमबहादुर बुढाथोकी, युवराज पन्त, रामप्रसाद पोखरेल, पुष्करराज न्यौपाने, नोर्बु तामाङ, सुरज बुढाथोकी निर्वाचित भएका छन् ।

दाङ उद्योग वाणिज्य संघमा कुल ३ हजार ३५८ जना सदस्य रहेकामा निर्वाचनमा २ हजार ३५७ मत खसेको थियो ।