Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

दिनदहाडै मान्छे मार्नेलाई राष्ट्रपतिले आममाफी दिने प्रणाली बन्द गरियोस्ः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिनदहाडै खुँडा हानेर मानिस मार्ने अपराधीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएको भन्दै विरोध गरेका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो प्रणाली बन्द गर्नुपर्ने बताएका हुन्।

‘हामीले लगानी गरेर बनाएको संविधान दिवसको दिनको अवसर पारेर, यसमा मौका छोपेर जुन काम सरकारको सिफारिसमा राष्ट्रपतिबाट हुन गयो, राष्ट्रिय स्वतन्त्र पार्टी घोर विरोध गर्न चाहन्छ,’ उनले भने, ‘ लोकतन्त्र, संविधान यी विषयमा टेकेर यस्ता जघन्य अपराध गर्ने, दिउँसै मानिसलाई हत्या गरेर आजीवन सजायँ पाएको मानिसलाई, जनताले खुसी मान्ने दिनको अवसरमा उन्मुक्ति दिने प्रणालीलाई बन्द गर्नका निम्ति माग गर्छु।’

घाटामा जाने आयल निगमले बोनस बाँड्ने गरेको भन्दै पनि आपत्ति प्रकट गरे।

‘यो आयल निगम व्यापार पनि आफैं गर्छ, आयात पनि आफैं गर्छ। नियामक निकाय पनि उही हो, सबै कुरा आफैं गर्छ। भन्छ, घाटामा छु। कर्मचारीलाई बोनस बाँड्न पनि भ्याउँछ, तर यो सधैँ घाटामा रहन्छ। घाटा के हो? सधैँ यो देशले घाटा सहिरहनुपर्ने कुराकोचाहिँ निर्क्यौल होस्,’ उनले भने।

The web

The web

‘अटोमेटिक सिस्टमका कारणले आफैं भएको हो भन्ने हो भने अन्तर्राष्ट्रिय बजारमा घटेका बेला यसले मुल्य किन घटाउँदैन?दुई दिन तीन दिन किन लगाउँछ?,’ उनको प्रश्न छ।