Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

दोभानमा भेटियो खोलाले बगाएको जिप, एक मृत फेला, दुईजना अझै बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीले बगाएको जिप फेला परेको छ।

कुश्मा नगरपालिका–८ को मोदी खोला र तमादी खोलाको दोभानमा हिलोमा पुरिएको अवस्थामा जिप फेला परेको हो।

जिपसँगै एक जना यात्रु मृत भेटिएका छन् । मृतकको सनाखत भने भइसकेको छैन। जिपमा सवार रहेका अन्य दुई यात्रुको अवस्था भने अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए।

बेपत्ता यात्रुको खोजी जारी रहेको उनले बताए।

बागलुङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ६२१३ नम्बरको जिप साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा तीनजनासहित बेपत्ता भएको थिए।

The web

The web

डिएसपी भुषालका अनुसार बागलुङबाट छुटेको ग १ च ६२१३ नम्बरको जिपमा एक जना यात्रु बागलुङबाटै आएका थिए। बाँकी दुई जना बाटोबाट चढेका डिसपी भुषालले बताए। चालकलाई प्रहरीले उद्धार गरी नियन्त्रणमा राखेको छ।

चालकले प्रहरीलाई दिएको प्रारम्भिक सूचनाअनुसार जिप खोलामा फसेको थियो।

जिप फसेपछि चालक झरेर टायरमा ओट लगाउन खोज्दा बाढीले जिप बगाएको हो। त्यति बेलासम्म यात्रु जिपमै थिए।