Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एक महिनामा ९१ हजार पर्यटक नेपाल आए, चिनियाँ दोस्रो स्थानमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । एक महिना (सेप्टेम्बर–२०२३)मा ९१ हजार जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

नेपालमा पर्यटकीय सिजन सुरु हुनु अगाडि अथार्त पोस्ट मनसुन सिजनमा आएको यो संख्या उत्साहजनक मानिन्छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सेप्टेम्बर महिनामा ९१ हजार १२ जना पर्यटक नेपाल आएका छन् ।

यो सन् २०१९ कै हाराहारीमा हो । सो वर्ष सेप्टेम्बर महिनामा ९२ हजार ६०४ जना पर्यटक नेपाल आएका थिए ।

सन् २०२० पछि भने कोभिड–१९ का कारण पर्यटक आगमन प्रभावित बन्न पुग्यो । सन् २०२० मा ५८४, सन् २०२१ मा ९,९०७, सन् २०२२ मा ५८,३१४ जना पर्यटक नेपाल आएका थिए ।

भारतीय पहिलो, चिनियाँ पर्यटक दोस्रो स्थानमा

एक महिनाको अवधिमा भारतीय पर्यटक नेपालमा सर्वाधिक संख्यामा आएको देखिएको छ । बोर्डका अनुसार सेप्टेम्बरमा २८ हजार ६९४ जना भारतीय नेपाल आएको तथ्यांकमा उल्लेख छ । चिनियाँ पर्यटक ८ हजार १७४ जना आएका छन् । अमेरिकी पर्यटक ७ हजार ३६४ जना आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । बंगलादेशबाट ३ हजार ७१६, बेलायतबाट ३ हजार ६४०, श्रीलंकाबाट ३ हजार ११ जना, जर्मनीबाट २ हजार ८५२, दक्षिण कोरियाबाट २ हजार १८ र इजरायलबाट १ हजार ७३४ जना पर्यटक नेपाल आएका छन् ।

९ महिनामा झण्डै ७ लाख पर्यटक नेपालमा

बोर्डका अनुसार यस वर्षको ९ महिनाको अवधिमा झण्डै ७ लाख पर्यटक नेपाल आएका छन् । जनवरी देखि सेप्टर २०२३ को बीचमा ६ लाख ९२ हजार ३७२ जना पर्यटक नेपाल आएका छन् ।

सरकारले यस वर्ष १० लाख पर्यटक भित्राउने लक्ष्य बजेटमार्फत लिएको छ । यो पुरा गर्न जारी पर्यटकीय सिजनमा अधिक संख्यामा पर्यटक भित्रनु पर्छ । सन् २०१९ मा आएको पर्यटक संख्या तुलना गर्दा सन् २०२३ मा ९८.२८ प्रतिशत पर्यटन आगमन देखिएको छ ।