Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमआईटीद्वारा एकाडेमिक लिडरसीप समिट आयोजना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । काठमाडौंको बागबजारमा रहेको मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी)ले एकाडेमिक लिडरसीप समिट–२०२३ एवम् एमआईटी लञ्चिङ सेरोमनी आयोजना गरेको छ ।

काठमाडौंको मेरिट होटलमा आयोजित कार्यक्रमको उद्घाटन पूर्वराजदूत डा. अर्जुन कार्की र अध्यक्ष सुरेन्द्र सुवेदीले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुवेदीले विदेशिने विद्यार्थीको आँकडा प्रस्तुत गर्दै ती युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वेदशमा अवसर प्रशस्त गर्न सकिने बताए ।

गुणस्तरीय शिक्षा केही महँगो हुने तर यसले देशलाई दीर्घकालीन सहयोग गर्ने तर गुणस्तरहीन शिक्षा सस्तो भएता पनि यो कालान्तरमा महँगो पर्न जाने उनले बताए ।

यसका लागि नेपाल सरकार, शिक्षाविद्ध, बुद्धिजीवि, उद्योगपति, व्यापारी तथा सवै व्यावसायीहरुबाट मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजीलाई साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

कार्यक्रमा मध्यपश्चिम विश्वविद्यालयका पूर्व भाइस चान्सलर प्रा.डा. उपेन्द्रकुमार कोइरालाले उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्दै इमान्दार भई शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको र नेपालको शिक्षित युवा जनशक्तिलाई विदेशिनबाट रोक्ने, शैक्षिक गुणस्तर विश्वप्रतिस्पर्धी बनाउने र समाजमा देखिएका चुनौतिहरुलाई परिष्कृत शिक्षण विधि अपनाउने यस्ता शैक्षिक संस्था केही हदसम्म भए पनि समाधान गर्न सहयोगी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा पूर्व राजदूत कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको र देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने भएकोले एमआईटीले दक्ष, अनुशाशित तथा विश्वसमाज बुझ्ने र विश्वसमाजमा जुध्न सक्ने युवा जनशक्ति निर्माण गर्न यसले अगिंकार गरेको पाठ्यक्रम, विषयवस्तु तथा यसले संचालन गर्ने अनुसधानात्मक शिक्षण विधिले देशलाई अगाडि बढाउने बताए ।

कार्यक्रममा एमआईटीका रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागी परेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरु सञ्चालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उदेश्यले इन्टरनेसनल अमेरिकन युनिभर्सिटीसँगको सहकार्यमा उच्च शिक्षामा व्यावस्थापन र आईटीका कार्यक्रमहरु सर्वसुलभ शुल्कमा विभिन्न छात्रावृत्ति सहित नेपालमै गर्न लागेको जानकारी गराउँदै एमआईटी, बागबजार, काठमाडौंले बीबीए र एमबीएमा नयाँ भर्ना समेत खुलाएको र सवैको साथ सहयोगको अपेक्षा राखेको बताए ।

कार्यक्रम केएसी नेटवर्कका अध्यक्ष एवं एमआईटीका सञ्चालक रामेश्वर अर्यालले अध्ययनको क्रममा विद्यार्थीहरुले अमेरिकी उच्च शिक्षा नेपालमा नै पूरा गर्न सक्ने साथै अध्ययन वाँकी भएमा अमेरिका नै गई सो अध्यायन पुरा गर्न सक्ने बताए ।