Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कोशी अधिवेशनः २१५ पदका लागि ६ सय उम्मेदवार

नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

निर्वाचन कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि मतदान सुरू हुने भनिएपनि नेताहरू छलफलमै रहेकाले मतदान १२ बजेअघि सुरू हुने सम्भावना नरहेको निर्वाचन कमिटीका संयोजक चुडामणी आचार्यले जानकारी दिए।

उनका अनुसार २१५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय हाराहारीमा उम्मेदवारी परेको छ। ‘तीमध्ये केहीले उम्मेदवारी फिर्ता लिएका छन्। केहीमा सहमतिको प्रयास जारी छ,’ आचार्यले भने।

पाँच पदाधिकारीमध्ये धनकुटाका टीकाराम चेम्जोङ उपाध्यक्षमा सर्वसम्मत भएका छन्। उपाध्यक्षमा उनीबाहेक कसैको पनि उम्मेदवारी परेको छैन।

अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिष्पर्धामा छन्। १४ वर्षअघि मोरङको अध्यक्षका लागि पनि ढकाल र खतिवडाबीच प्रतिष्पर्धा भएको थियो।

The web

The web

 सचिवमा उदयपुरका शैलेश लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ।

दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेका छन्। संखुवासभाका भविश्वर गुरूङ, खोटाङका देवान राई, झापाका जलवर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेदवारी दर्ता गरेका छन्।

एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ भने ९९७ जना प्रतिनिधि मतदाता छन्।