Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णाली अधिवेशनमाः फेरि सर्‍यो मतदानको समय

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा मतदानको समय सरेको छ।

आज बिहान ८ बजेदेखि मतदान हुने भनिएपनि मतपत्र छपाइमा ढिला भएपछि निर्वाचन कार्यक्रम संसोधन गरी मतदानको समय सारिएको हो।

संसोधित निर्वाचन कार्यक्रम अनुसार मतदान पूर्वनिर्धारित समयभन्दा २ घन्टा ढिला गरी बिहान १० बजेदेखि सुरू हुने भएको हो।

कोशीमा मतदानको समय सरेको यो चौथोपटक हो। नेताहरूले उम्मेदवारी फिर्ता र सर्वसम्मतको प्रयास चलाइँरहँदा मतपत्र छपाइमा ढिला भएपछि मतदानको समय पटकपटक सरेको हो।

शनिबार साढे ४ बजेपछि मात्र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरी मतपत्र छपाई सुरु गरिएको थियो।

पदाधिकारीमा को को छन् उम्मेदवार?

नेकपा एमालेका कर्णाली प्रदेशको नयाँ कमिटी १३५ सदस्यीय बन्ने छ। तत्काल अधिवेशनबाट पदाधिकारीसहित १२५ जना चयन हुनेछन्।

निर्वाचन कमिटीले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा तीन जनाले प्रतिस्पर्धा गर्ने भएका छन्। सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्। गुलाबजंग स्थायी कमिटी सदस्य यामलाल कँडेलको समूहबाट उम्मेदवार छन् भने मिनबहादुर स्थायी कमिटी सदस्य गोरख बोगटीको समूहबाट उम्मेदवार छन्।

The web
The web

प्रकाश रोकायाको भने कुनै समूह छैन। उनी स्वतन्त्र रुपमा उम्मेदवार बनेका हुन्।

यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा हुने भएको छ।

सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्।

उपसचिवमा ९ जनाको उम्मेदवारी छ। मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक (तोरण) जुम्लाका धिरेन्द्रराज गिरी, दैलेखका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।

कर्णाली प्रदेशमा विभिन्न जिल्ला तथा मोर्चा संगठनबाट गरी ६०४ जना अधिवेशन प्रतिनिधि छन्।