Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णाली प्रदेश अधिवेशनः नेतृत्व चयनका लागि मतदान जारी

नेकपा (एमाले) को कर्णाली प्रदेश कमिटी चयनका लागि मतदान सुरू भएको छ।

गत साता बुधबारदेखि सुरू भएको अधिवेशनअन्तर्गत शुक्रबार बन्द सत्र सम्पन्न भएको थियो। सहमतिको प्रयास सफल नभएपछि नेतृत्व चयनका लागि निर्वाचन घोषणा गरिएको थियो।

शुक्रबार प्रकाशित निर्वाचन कार्यतालिकाअनुसार शनिबार दिउँसो १२ बजे मतदानको समय तोकिएको थियो।

शनिबारदेखि पाँच पटकसम्म मतदानको समय सरेको थियो। अन्तिम पटक आइतबार दिउँसो १ बजेका लागि तोकिएको मतदान केही समय ढिला गरी सुरू भएको अध्यक्ष मण्डलका सदस्य मोहनमाया ढकालले बताइन्।

मतदानमा सहभागी हुने प्रतिनिधिहरूलाई सिटी हलको पूर्वी गेटबाट पठाउने गरिएको छ। मतदानपछि उनीहरू पश्चिम गेटबाट प्रतिनिधिलाई निस्किने व्यवस्था छ।

The web

The web

एमाले कर्णाली प्रदेश अधिवेशनमा विभिन्न जिल्ला र मोर्चा संगठनबाट ६०४ जना अधिवेशन प्रतिनिधि सहभागी छन्।