Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णाली प्रदेश कमिटीमा ४४ जना निर्विरोध

नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको सदस्यमा ४४ जना निर्विरोध चयन भएका छन्। निर्वाचनका लागि तोकिएको कोटामा सीमित उम्मेदवारी परेपछि र उम्मेदवारी फिर्ता भएपछि ४४ जना निर्विरोध चयन भएका हुन्।

जुम्ला प्रदेश सभा (क) बाट धनकृष्ण पाण्डे र भीमबहादुर थापा, जुम्ला प्रदेश सभा (ख) बाट जयबहादुर खत्री, नन्दराम रोकाय निर्विरोध भएका छन्। जुम्ला प्रदेश सभा (ख) बाट महिला सदस्यमा चुक्की शाही पनि निर्विरोध भएकी छन्।

हुम्लाको भूगोलतर्फ प्रदेश सभा (ख) मा दुई जना पुरूष सदस्यहरू जयबहादुर शाही र मंगल लामा, प्रदेश सभा (ख) मा महिलातर्फ रूपा शाही निर्विरोध भएका हुन्।

डोल्पाको भूगालेतर्फ प्रदेश सभा (क) मा पुरूष सदस्यमा पूर्णबहादुर डाँगी र विष्णुबहादुर रोकाया, महिला सदस्यमा पासाङल्ह्यामु रोकाय (बुढा) तथा प्रदेश सभा (ख) मा पुरूषतर्फ धनचन्द्र बैजी, विश्वचन्द्र डसाल र महिला सदस्यतर्फ चन्द्राकुमारी बुढा निर्विरोध चयन भएका छन्।

यस्तै मुगुको प्रेदश सभा (क) मा भुगोलतर्फका पुरूष सदस्यहरू डबलबहादुर रोकाय, सोनाम छिरिङ लामा, महिला सदस्यतर्फ सुन्तला बुढा चयन भएका छन्। प्रदेश सभा (ख) मा पुरूषतर्फ कर्णबहादुर मल्ल, राजबहादुर कार्की र महिलातर्फ राज्यलक्ष्मी मल्ल निर्विरोध चयन भएका छन्।

सुर्खेत प्रदेश सभा निर्वाचन क्षेत्र-१ (क) बाट पुरूषतर्फ पूर्णबहादुर शाही, मानबहादुर खत्री र महिलातर्फ दीपा चन्द चयन भएका छन्। १ (ख) मा महिलातर्फ हरिकला राना सदस्यमा निर्विरोध चयन भएका छन्। निर्वाचन क्षेत्र–२ (क) मा महिलातर्फ लक्ष्मीकुमारी शाही र (ख) मा महिला सदस्यमा चन्द्रकला बुढा निर्विरोध चयन भएका छन्।

यसैगरी दैलेख निर्वाचन क्षेत्र नम्बर-१ (ख) मा महिला सदस्यमा तप्तकुमारी खड्का थापा, २ (क) मा पुरूषतर्फ सर्वराज महतारा र रमेशकुमार आचार्य निर्विरोध चयन भएका छन्।

रूकुम पश्चिम प्रदेश सभा (क) बाट पुरूष सदस्यतर्फ कर्णबहादुर वली र गंगाराम चनारा, महिला सदस्यमा रचना मल्ल चयन भएका छन्।

The web
The web

प्रदेश सभा (ख) मा पुरूषतर्फ गणेशकुमार बिक र टंकप्रसाद वली निर्विरोध चयन भएका छन्।

सल्यान प्रदेश सभा (क) मा पुरूष सदस्यतर्फ घनश्याम शर्मा र जीतबहादुर चलाउने, महिला सदस्यमा आशा वली निर्विरोध भएका छन्। प्रदेश सभा (ख) मा पुरूषतर्फ घनश्याम शर्मा र बुद्धिबहादुर केसी, महिलातर्फ सरिता हमाल निर्विरोध सदस्यमा निर्वाचित भएका छन्।

जाजरकोट प्रदेश सभा (क) मा भूगोलतर्फ ताराकुमारी बिष्ट शाक्य महिला सदस्यमा निर्विरोध चयन भएकी छन्।

प्रदेश कमिटीको जनजाति क्लस्टरअन्तर्गत चन्द्राकुमारी थापा मगर र छप्साङ लामा निर्विरोध सदस्य चयन भएका छन्।

अल्पसंख्यक क्लष्टरमा दैलखका पदमबहादुर माझी निर्विरोध कमिटी सदस्य चुनिएका छन्। प्रदेश लेखा समितिको उपाध्यक्षमा अमरबहादुर चन्द, महिला सदस्यमा जाजरकोटकी कमलाकुमारी शाही र रूकुम पश्चिमकी कृष्णाकुमारी मल्ल निर्विरोध चयन भएका छन्।

लेखा समितिको खुला सदस्यमा रूकुम पश्चिमका मिजास मल्लको निर्विरोध भएका छन्। दुई जनाको कोटामा उनको मात्र उम्मेदवारी परेको थियो।