Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमाले कर्णालीको नेतृत्व चुन्न आज मतदान हुँदै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा शनिबारका लागि निर्धारित मतदान कार्यक्रम आजलाई सारिएको छ ।

सहमतिका लागि शनिबार दिनभर प्रयास गर्दा सफल नभएपछि साँझ मतदान गर्ने तयारी थियो । तर सुरक्षाको कारण देखाउँदै आज बिहानका लागि सारिएको एमाले नेता विष्णु रिजालले जानकारी दिए ।

आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा मतदान हुने कार्यतालिका तय गरिएको छ ।

एमालेको कर्णाली प्रदेश अध्यक्षका लागि तीन, उपाध्यक्षका लागि तीन, सचिवमा दुई, उपसचिवमा तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रदेश अध्यक्षका लागि सल्यानका गुलाबजंग शाह, कालीकोटका मीनबहादुर शाही र कालीकोटकै प्रकाश रोकायाले उम्मेदवारी दिएका छन् । गुलाबजंग र मीनबहादुरले प्यानल नै बनाएर चुनावमा भिड्दै छन् भने प्रकाशको प्यानल छैन ।

शाह स्थायी कमिटी सदस्य यामलाल कँडेल समूहका हुन् भने शाही गोरख बोगटी समूहका हुन् ।

अध्यक्षमा उम्मेदवारी दिएका दैलेखका राजबहादुर शाही र कालीकोटमा प्रेमबहादुर सिंहले भने शनिबार उम्मेदवारी फिर्ता लिएका थिए ।