Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एमालेको प्रदेश अधिवेशनः कोशी र कर्णालीमा आज मतदान

नेकपा एमालेको कोशी प्रदेश कमिटी र कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

कर्णालीमा प्रदेश निर्वाचन कमिटीको कार्यालय सुर्खेतमा बिहान ८ बजेदेखि मतदान सुरू हुने बताइएको छ।

त्यहाँ अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका थिए। छलफलपछि तीन जनाले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

अब अध्यक्षमा मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी कायम छ। शाही स्थायी कमिटी सदस्य गोरख बोगटी पक्षका हुन् भने शाह यामलाल कँडेल समूहका हुन्।

त्यस्तै कोशीमा बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान गराउने तयारी छ। 

प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन्।

कोशीको नेतृत्वका लागि अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा प्रतिस्पर्धा हुनेछ। उनीहरू जिल्लाको अध्यक्षका लडेको १४ वर्षपछि फेरि प्रदेश अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको हो।

The web
The web

एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ।

शुक्रबार सुरू भएको कोशी अधिवेशनमा ९९७ जना प्रतिनिधि मतदाता छन्।