Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

एनएसएल अक्सन : दोस्रो चरणमा बिक्री भए नवयुग र नवीन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१३ असोज, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा फरवार्ड नवयुग श्रेष्ठ दोस्रो चरणमा मात्रै बिक्न सफल भए । उनी मात्रै होइन ए क्याटगोरीका नवीन लामा, प्रकाश बुढाथोकी र अभिषेक बराल पनि दोस्रो चरणमा मात्रै बिके । उनीहरु ए श्रेणीको न्यूनतम मूल्यमा बिक्री भएका हुन् ।

पहिलो चरणको अक्सनमा अनसोल्ड भएका यी खेलाडीले दोस्रो चरणमा मौका पाएका हुन् । एक टिममा ३ ए श्रेणीको खेलाडी हुनैपर्ने नियम अनुसार दोस्रो चरणमा जिलेस्पीजंग कार्की पनि दोस्रो रोजाइबाट टिममा परेका हुन् ।

अक्सनमा १७९ खेलाडी थिए । जसमा २८ जना ए श्रेणीमा, ८१ जना बी श्रेणीमा र ७० जना सी श्रेणीमा समावेश थिए । उनीहरुमध्येबाट हरेक टिममा ३ सहित २७ ए श्रेणीका खेलाडी बिक्री भए भने १ जना भने छानिएनन् ।