Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

हेमन्त र अस्मिताले ल्याए 'निरजाले' गीत (भिडिओ)

गायक हेमन्त शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्।

आइतबार गायक शर्माकै युट्युब च्यानलमार्फत 'निरजाले' बोलको सार्वजनिक गरिएको हो। गायनमा शर्मालाई अस्मिता अधिकारीले साथ दिएकी छन्। गीतमा संगीत पनि गायक शर्माकै छ।

एकनारायण भण्डारीले लेखेको गीतमा संगीत संयोजन भने श्यामस्वेत रसाइलीले गरेका छन्। नवराज उप्रेतीले छायांकन गरेको भिडिओमा आश्मा विश्वकर्मा र सुनिल क्षेत्रीलाई देख्न सकिन्छ। 

सुनिल क्षेत्रीको कोरियोग्राफी र निर्देशन रहेको गीतलाई अमृत चापागाईंले सम्पादन गरेका छन्। गीतलाई टंक कार्की 'छिमेकी' ले निर्माण गरेका हुन्।

The web

The web