Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

हिमालयन रि–इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त भएकी छन् ।

कम्पनी सञ्चालक समितिको बैंठकले प्रमुख कार्यकारी अधिकृत रहेका चन्द्रशेखरनको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

पौडेलाई सीईओ नियुक्त गर्ने प्रस्ताव बीमा प्राधिकरणमा पठाएको छ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले पौडेललाई सीईओ नियुक्त गर्न प्राधिरकणमा पत्राचार भएको भएपनि प्राधिकरणले कुनै निर्णय नगरेको बताउँछन् ।

युनाइटेड इन्स्योरेन्स कम्पनीको सीईओ भइसकेकी पौडेल हाल हिमालयन रि–इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छिन् ।