Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

जिमेल एपमा नयाँ फिचर, अब एकै क्लिकमा डिलिट हुनेछन् अनावश्यक इमेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

जिमेलमा आउने स्पाम मेसेजका कारण अब समस्या भोग्नुपर्ने आवश्यकता हुनेछैन । गुगलले आफ्नो जिमेलको एन्ड्रोइड एपमा एउटा नयाँ फिचर ल्याउँदैछ ।

नयाँ फिचरको सहयोगमा प्रयोगकर्ताले एकै पटकमा नै पूरै इनबक्सको मेसेज डिलिट गर्न सक्नेछन् । यसका लागि गुगलले जिमेल एपमाSelect All फिचर ल्याउन थालेको हो ।

यो फिचर जिमेलको वेब संस्करणमा भने पहिले देखि नै उपलब्ध छ । यो फिचरको मद्दतले प्रयोगकर्ताले चुट्कीको भरमा अनावश्यक स्पाम इमेलहरु डिलिट गर्न सक्नेछन् ।

एक रिपोर्ट अनुसार छिटै नै यो फिचर प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले गुगल प्ले स्टोरमा गएर आफ्नो जिमेल एम अपडेट गर्नुपर्नेछ ।

यद्यपि सेलेक्ट अल फिचरमा जिमेल वेबमा जस्तै एकपटकमा एउटा पेजका ५० वटा इमेल छनोट गरेर डिलिट गर्न सकिनेछ । अर्थात् जिमेलको सबै इनबक्स खाली गर्नका लागि भने पटक-पटक गरेर ५० वटाको दरले डिलिट गर्नुपर्ने हुन्छ ।

जिमेल एपको सेलेक्ट अल फिचर यसरी प्रयोग गर्न सकिन्छ :

  • सबैभन्दा पहिले आफ्नो एन्ड्रोइडको जिमेल एप अपडेट गरेर जिमेल खोल्नुहोस्
  • त्यसपछि जिमेलको इनबक्समा कुनै एउटा इमेलमा ट्याप गर्नुहोस्
  • त्यसपछि सबै इमेल सेलेक्ट गर्नका लागि सबैभन्दा माथि देखिएको चेकबक्स छान्नुहोस्
  • त्यहाँ तपाईंले अधिकतम ५० वटासम्म इमेल एकै पटकमा छान्न सक्नुहुन्छ
  • सबै सेलेक्टेड इमेल हटाउनका लागि डिलिट बटनमा ट्याप गर्नुहोस्
  • जिमेलको सबै इनबक्स सफा गर्नका लागि यो प्रक्रिया दोहोराउनुहोस् ।