Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

ज्येष्ठ नागरिकको ज्ञान, सीप, अनुभवलाई प्रविधि र विकाससँग जोड्न आवश्यक छ: मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र आचार्यले ज्येष्ठ नागरिकसँग भएको ज्ञान, सीप र अनुभवलाई विकसित प्रविधि र विकासका आयामसँग जोड्न सकेमा आर्थिक विकासमा योगदान पुग्ने बताएका छन्।

३३ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा आइतबार भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले ज्येष्ठ नागरिकमा भएको यो ज्ञान उपयोग गर्न ज्ञान सीप र अनुभवको पुस्तान्तरण गर्न अति आवश्यक रहेको बताए।

उनले ज्येष्ठ नागरिकको अथाह परिश्रम असिम लगानी र लगनशीलताले नै हामीलाई मानव सभ्यताको यो अवस्थामा ल्याइ पुर्‍याएको स्पष्ट पारेका छन्।

मन्त्री आचार्यले ज्येष्ठ नागरिक वर्तमान पुस्ताको बोझ नभई आत्मसम्मान र गौरवका धरोहर हुन् भन्ने मान्यतालाई आत्मसात् गरी मानव सभ्यतालाई अझ उन्नत बनाउनु पर्ने बताए।

उनले ज्येष्ठ नागरिकमा हुने एकलोपन हटाउन र तेश्रो पुस्तामा ज्येष्ठ नागरिकप्रति सम्मान जगाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने कार्यमा हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए।

The web

The web

‘लामो अवधि कुनै न कुनै रुपमा सक्रिय रही अथाह ज्ञान आर्जन गर्नुभएका ज्येष्ठ नागरिक खुला पुस्तकको रुपमा नै हुनुहुन्छ। ज्येष्ठ नागरिकहरुमा देशलाई उन्नत बनाउन सक्ने आर्थिक सामाजिक र नीतिगत ज्ञान देखी दैनिक जीवनका उपभोग्य सामग्री तयार गर्न व्यवहारिक ज्ञानको भण्डार रहेको छ,’ उनले भने।

मन्त्रालयले ज्येष्ठ नागरिक नीति तयार गर्न गृहकार्य गरिरहेको उनले बताए।

‘नागरिकको उपचारका लागि अस्पतालहरुमा छुट्टै उपचार वार्ड स्थापना अल्जाइमर्स रोग पहिचान भएपछि उपचारका लागि एकमुष्ट रकम उपलब्ध गराउने व्यवस्था लगायतका सुविधा र ज्येष्ठ नागरिकको हित संरक्षण गर्न ज्येष्ठ नागरिक सम्बन्धी ऐन तथा नियमावलीको व्यवस्था गर्न लागेको छ,’ उनले भने।