Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

केएमसी अस्पतालमा डाक्टरमाथि कुटपिट, दुई जना पक्राउ

काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा डाक्टरमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। 

आइतबार दिउँसो केएमसी अस्पतालमा कार्यरत डा. मनिष खड्‍कामाथि कुटपिट भएको हो। उनीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलले जानकारी दिए। 

पक्राउ पर्नेमा गुल्मी घर भई काठमाडौंको चाबहिल बस्ने २२ वर्षीय रूपक गौतम र सिनामंगल बस्ने ३४ वर्षीय सरोज गौतम छन्। उनीहरू ओपिडीमा आएका थिए। तर डा. मनिष खड्काले लाइनमा बस्न भनेपछि कुटपिट गरेको आरोप छ। 

कुटपिट गरेको भन्दै चिकित्सकहरू आन्दोलित छन्। उनीहरूले अस्पताल अगाडि प्रदर्शन गरिरहेका छन्।

यसअघि हेटौंडाको सञ्चो अस्पताल, पोखराको मणिपाल अस्पताल, लमजुङ जिल्ला अस्पताल, चितवनको माडी अस्पतालमा डाक्टर कुटिएका थिए। त्यसको विरोधमा डाक्टरहरू आन्दोलित भएका थिए। 

The web

The web

डाक्टरहरूमाथि कुटपिटपछि सरकारले नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकसँग कार्यस्थलको सुरक्षाका लागि सहमति गरेका थिए।