Nepal

कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै निको भएर फर्किए घर

नेपालमा शनिबारसम्म आठ हजार चार सय ४२ जना कोरोनाभाइरसका संक्रमित बिरामी निको भएर घर फर्केका छन्। यो तथ्यांक कोरोना संक्रमित भएकाहरू १६ हजार सात सय १९ को आधाभन्दा धेरै हो।

शनिबार कोरोनाका जम्मा ७० जना नयाँ संक्रमित थपिएका छन्।

विगत केहि दिनयता कोरोना संक्रमितको संख्या घट्दो छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार तीन हजार छ सय ४८ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ७० जनामा कोरोना पुष्टि भएको हो।

विगत २४ घण्टामा कोरोना निको भएर चार सय ३१ जना घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा अहिलेसम्म कोरोना पुष्टि भएका संक्रमितमध्ये ५० प्रतिशत मानिस निको भएर घर फर्किएको जानकारी दिए। 

कोरोनाबाट नेपालमा ३८ जनाको मृत्यु भइसकेको छ। अहिलेसम्म दुई लाख ७९ हजार पाँच सय ९९ जनामा पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ। तीमध्ये दुई लाख ६२ हजार आठ सय ८० जनामा कोरोना देखिएन।


शनिबारसम्म क्वारेन्टिनमा २४ हजार ९७ जना छन्। आइसोलेसनमा आठ हजार दुई सय ३९ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Football news:

Lothar Matteus: Bayern need to make a lot of mistakes to lose to the current Barca
Pedro said goodbye to Chelsea: it Was an honor to play for the club and be a member of a big family
Tammy Abraham: Lewandowski is the best striker in the world
Dinamo Brest will play Astana, Celtic will play CR Reykjavik in the 1st round of Champions League qualification
Ronaldo can move to PSG. Mendes communicated with Leonardo (Foot Mercato)
De Ligt will miss 2-3 months due to shoulder surgery
Nagelsmann about the comparisons with Pep, Mourinho and Klopp: They are much more successful. I didn't win anything of note