Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

माओवादी केन्द्रले भन्यो- प्रधानमन्त्रीको भ्रमणपछि नेपाल-चीन सम्बन्ध सुदृढ भयो

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणपछि नेपाल-चीन सम्बन्धमा सुधार आएको बताएको छ।

आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले पछिल्लो समय नेपाल-चीन सम्बन्धमा संशय उत्पन्न भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणपछि ती संशय निवारण भएको बताए।

‘पछिल्लो समय संशय बढ्दै गएको थियो। प्रश्नहरू उठ्दै गएका थिए। ती प्रश्नहरू सबै आज निवारण भएको छ। नेपाल-चीन सम्बन्ध विश्वासको वातावरण बनेको छ र सहकार्य र सम्बन्धका अन्य विषयहरूमा नयाँ ढोका खुलेका छन्,’ पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले भने।  

कोभिड र विविध कारणले दुई देशबीच उच्चस्तरीय भ्रमण नभएकोमा प्रधानमन्त्री प्रचण्डको भ्रमणले दुई देशबीच उच्चस्तरीय भ्रमणको श्रृंखलालाई जोडेको यसले विश्वासको वातावरण सिर्जना गरेको उनले बताए।

चीन भ्रमणमा प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपतिबीचको भेटवार्तापछि नेपाल-चीन सम्बन्धका सबै संशयहरू निवारण भएको सापकोटाले बताए।

The web

The web

‘उहाँहरूबीच वान टु वान र समूहमा कुरा भयो। जे प्रश्नहरू थिए ती निवारण भइसकेको छ। र नयाँ स्तरमा सम्बन्ध सुदृढ हुने दिशातिर गइरहेको छ,’ उनले भने, ‘सबैभन्दा ठूलो उपलब्धि यही हो। विश्व र क्षेत्रीय परिस्थितिको जटिलता र पेचिलोपनको यो स्थितिमा दुबै देशका शीर्ष नेताहरू विश्व परिस्थिति, विश्व राजनीति र क्षेत्रीय राजनीतिको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ,’ उनले भने।

उनले यसपालि भएका वक्तव्य, समझदारी र सम्झौतालाई अहिलेको भ्रमण नेपालको आर्थिक विकास, दुई देशका विकासम्बन्धी कुरामा आधार तयार भएको बताए।