Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

मन्त्रिपरिषद्ले निर्णय गरे लगत्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुन्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिए पनि सो मूल्य कार्यान्वयन हुन भने केही समय लाग्ने भएको छ ।

आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमले शनिबार राति इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको थियो ।

तर, मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयको औपचारिक पत्र प्राप्त नभएसम्म मूल्य समायोजन नहुने निगमले जनाएको छ ।

‘मूल्य वृद्धि फिर्ताको समाचार सुनेका छौं,’ निगमका एक अधिकारीले भने, ‘तर, मन्त्रिपरिषद्को पत्र प्राप्त नभएसम्म मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन्न । मूल्य फिर्ताको निर्णय कार्यान्वयन हुन केही समय लाग्छ ।’

निगमले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने पनि जनाएको छ ।

सरकारको निर्णयसँगै मूल्य वृद्धि फिर्ता हुँदा खाना पकाउने ग्याँस र हवाई इन्धन घाटामा जाने निगमले जनाएको छ ।