Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

नारायण ढकालको १९ औं पुस्तक ‘अन्तिम पात’ सार्वजनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । साहित्यकार नारायण ढकालको निबन्धसंग्रह ‘अन्तिम पात’ सार्वजनिक भएको छ । यो उनको उन्नाइसौं पुस्तक हो । ‘यात्रा’, ‘पठन’ र ‘पूर्वपीठिका’ गरी तीन खण्डमा विभक्त निबन्धसंग्रहमा ढकालका २०५७ देखि २०७९ सालसम्मका निबन्ध समेटिएका छन् ।

बेला पब्लिकेसन्सद्वारा प्रकाशित यस संग्रहमा ‘दर्शनशास्त्र चपाइरहेको ढाडेमुसो’, ‘प्रज्ञा : पञ्चायतको जुठो टपरी’, ‘हजुरबाको रेड बुक’, ‘शीताङ्ग सहरमा लङ्गडो घोडा’ लगायत पाठकद्वारा अत्यधिक रूचाइएका निबन्ध पनि संकलित छन् ।

‘अन्तिम पात’का निबन्धहरुमा ढकालका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की प्रस्तुत भएका छन् ।

आफूलाई ‘काँठको क्लर्क’ भन्ने साहित्यकार ढकालका थुप्रै सिर्जना काँठको परिवेश, मनोविज्ञान र राजनीतिक-सामाजिक आयामले भरिपूर्ण छन् । काठमाडौंको मूलपानीमा २०१० सालमा जन्मिएका उनी २०२८ सालदेखि निरन्तर लेखनमा सक्रिय छन् । उनका सात कथासंग्रह, पाँच उपन्यास, तीन निबन्ध संग्रह, दुई बालकथा संग्रह र दुई अनुवाद पुस्तक प्रकाशित छन् ।