Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

नेकपा एमाले कर्णाली अधिवेशनको मतदान आइतबार हुने

नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनको मतदान आइतबार हुने भएको छ।

मतदान आइतबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सुर्खेतको सिटी हलमा हुने एमाले नेता विष्णु रिजालले जानकारी दिए। शनिबार दिउँसो १२ बजेदेखि नै हुने भनिएको मतदात भोलिका लागि सरेको हो।

मतदानका लागि मतपत्र छाप्ने प्रक्रिया पनि सुरू भइसकेको छ। 

एमालेको कर्णालीको नयाँ नेतृत्वका लागि अहिलेसम्म अध्यक्षमा तीन जनाको उम्मेदवारी छ। मिनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाको उम्मेदवारी अध्यक्षमा कायम छ।

शुक्रबार पाँच जनाले उम्मेदवारी दिएकोमा दुई जनाले फिर्ता लिएका थिए। कालीकोटका प्रेमबहादुर सिंह र दैलेखका राजबहादुर शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए।

The web

The web

शनिबार अपराह्न साढे ४ बजे मात्रै उम्मेदवारको अन्तिम नामवली प्रकाशन भएको थियो।