Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

नेप्सेमा ३३.२० अंकको गिरावट, कारोबार रकम १ अर्ब ८३ करोड 

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेको छ।

यसदिन नेप्से १.६५ प्रतिशतले घटेर १९७१.१० बिन्दुमा बन्द भएको छ।

आइतबार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ।

गत कारोबार दिन १ अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ८३ करोड ४ लाख ८६ हजार ७४३ रुपैयाँ पुगेको छ।

यस दिन २८४ वटा धितोपत्रको ६७ लाख २३ हजार ४०० कित्ता सेयर किनबेच भएको हो।

आइतबार सयपत्री हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ४२९ रुपैयाँ पुगेको छ।

यस्तै, पिपल्स हाइड्रोपावरको सेयरमूल्य ६.०७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २९७ रुपैयाँ पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा सनराइज फर्स्ट म्युचुअल फण्ड, अपर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र सिटिजन लाइफ इन्स्योरेन्स रहेको छ।

The web
The web

यी सबै कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले घटेका हुन्।

आइतबार सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४५७ रुपैयाँ २० पैसामा १४ करोड ७३ लाख बराबरको सेयर कारोबार भएको हो।

यो मूल्य अघिल्लो दिनको तुलनामा १० प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७६५ रुपैयाँमा ९ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो।

यसदिन जलविद्युत समूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशतले घटेको हो।