Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पछिल्लो सात महिनामा ग्यासको लागत ३२५ रूपैयाँले घट्यो, उपभोक्ता मूल्य ३१० रूपैयाँ बढ्यो

सर्वसाधारणले खरिद गर्दा ग्यासको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। 

एक सिलिन्डर ग्यास खरिद गर्न अब दुई हजार ११० रूपैयाँ चाहिने भएको छ। भदौ १५ गते प्रति सिलिन्डर २३५ रूपैयाँ मूल्य बढाएको नेपाल आयल निगमले असोज १५ गते फेरि प्रति सिलिन्डर २१० रूपैयाँ बढाएपछि ग्यासको मूल्य अहिलेसम्मकै उच्च भएको भएको हो। 

निगमले आइतबार बिहानबाट लागू हुने गरी ग्यासको मूल्य बढाएपछि यसको आलोचना भएको छ।

सरकारलाई फिर्ता लिन दबाब दिइएको छ। पेट्रोलियम पर्दाथको मूल्य वृद्धिलाई लिएर अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक समेत बसेको छ।

आयल निगमले भने यो भन्दा महँगो लागत मूल्य २०७९ फागुनमा नै पुर्‍याएको बताएकाे छ। 

निगमको २०७९ फागुन १७ गतेको विवरणअनुसार एक सिलिन्डर ग्यासको लागत मूल्य २ हजार ४३५ रूपैयाँ पुगेको थियो। तर, यो समयमा उपभोक्ताले एक हजार आठ सय रूपैयाँमा खरिद गर्न पाउँथे। त्यतिबेला निगमले एक सिलिन्डर ग्यास ६ सय ३५ रूपैयाँ घाटामा बेच्ने गरेको थियो। 

यो सात महिनाको अवधिमा उतारचढाव हुँदै निगमको लागत मूल्य तीन सय २५ रूपैयाँले घटेको छ। उपभोक्ताले खरिद गर्दा तिर्नुपर्ने मूल्य भने ३१० रूपैयाँले बढेको छ।

नेपाल आयल निगमले सुरूमा घाटा घटाउने र चालु आर्थिक वर्षमा स्वचालित मूल्य लागू गर्ने निर्णय गर्दा लागत मूल्य घट्दा पनि उपभोक्ताको मूल्य बढेको हो। 

The web
The web

नेपाल आयाल निगमका प्रवक्ता मनोजकुमार ठाकुरकाअनुसार अहिले ग्यासको मूल्यमा आयल निगमले घाटा खाएको छैन। 'हामीले ग्यासको बिक्रीबाट एक रूपैयाँ पनि नाफा राखेका छैनौं, तर अहिले घाटा पनि छैन,' ठाकुरले भने।

स्वचालित मूल्य कार्यविधिअनुसार अन्य पेट्रोलियम पदार्थमा नाफा राखिए पनि ग्यासमा नाफा नराखिएको उनले बताए। 

निगमले ग्यासमा छुट दिन छोडेसँगै उपभोक्ताको लागि भने ग्यासको मूल्य महँगो भएको छ। 

'विगतमा सोधभर्ना गरेर सरकारले यस्तो रकम उपलब्ध गराउने पनि कुरा आएको थियो तर हरेक पटक ग्यासको मूल्यमा निगमले घाटा खानुपर्ने अवस्था थियो, अहिले निगमले सबै घाटा हटाएको कारण सर्वसाधारणलाई महँगो पर्न गएको हो,' निगमका एक अधिकारीले भने।

निगमले नाफा नराखेको बताए पनि मूल्य स्थिरीकरण कोषमा राखिने रकमसहित सरकारले प्रतिसिलिन्डर ३५६ रूपैयाँ कर उठाउने गरेको छ। यस हिसाबले एक सिलिन्डर ग्यासबाट सरकारले १७ प्रतिशत राजस्व उठाएको छ। 

शुल्क तथा राजस्व, आयल निगमको सञ्चालन लागत, उद्योगी तथा व्यापारीको कमिशन जोड्दा एक सिलिन्डर ग्यासको मूल्य ६१० रूपैयाँले बढेको छ। 

निगमका नायव निर्देशक नगेन्द्र शाहकाअनुसार एक सिलिन्डर ग्यासको खरिदको लागि नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेसनलाई १४ सय ५९ रूपैयाँ भुक्तानी गरेको छ। 

यसबाहेक भन्सार शुल्क, राजस्व तथा स्थिरीकरण कोषमा राखिने रकम समेत गरी ३५६ रूपैयाँ लागत थपिन्छ।

नेपाल आयल निगमले ८ रूपैयाँ ६३ पैसा सञ्चालन खर्च राख्छ भने ढुवानी लागत, व्यापारी तथा उद्योगीको कमिशनसमेत गरी थप मूल्य दुई सय २८ रूपैयाँ ३७ पैसा लागत बढ्छ।