Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पेट्रोलियम पदार्थको भाउ बढेपछि भट्टराईको प्रश्न- सरकारले नबुझेको कि लाज पचाएको?

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सरकारले जनताको घरमा चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सिएको बताएका छन्।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको सन्दर्भमा भट्टराईले सरकार जनताप्रति असंवेदनशील बनेको पनि बताए।

‘हिजो जनताको घरदैलोमा बसेर क्रान्तिको नेतृत्व गर्नेहरू केही बर्ष सिंहदरबार र बालुवाटारमा बस्दैमा जनताको चुलो कसरी बल्छ भन्ने चटक्कै बिर्सन कसरी सक्छन्?,’ उनले एक्समा लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘त्यसै त चौतर्फी मन्दीको फलस्वरूप अहिले प्रमुख चाडबाडको मुखमा गाउॅशहर कतै उत्साह छैन, चहलपहल छैन। लालबालालाई नानाखाना जुटाउन धौधौ छ। बेरोकटोक महंगी छ! ढुवानी र यातायात भाडाको चर्को मार छ! यस्तो बेला सबैतिर महॅगी नियन्त्रणमा जोड दिनुपर्नेमा उल्टै पेट्रोलियम पदार्थको मूल्यवृद्धि किन गरेको?’

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले  आयातमा भर पर्ने इन्धनको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्नेबित्तिकै बढाउनैपर्ने तर्क गर्नेहरूले कमसेकम चाडबाड र बढी खपत हुने समयका लागि बेलैमा पर्याप्त सञ्चय गर्ने, आयल निगमको अनावश्यक खर्च कटाउने, बोनस लगायतका नाउॅमा सार्बजनिक आम्दानीको दोहन नगर्ने,विशिष्ठ अवस्थामा अन्यत्रको खर्च कटाएर पनि आम जनतालाई सिधै मर्का पर्ने र सबैतिर मूल्यबृद्धि गराउने इन्धनमा राहत अनुदान दिने आदि व्यवस्था गर्नुपर्ने बताएका छन्।

The web

The web

‘दशैं/तिहार/छठ लगायतका विभिन्न समुदायका प्रमुख चाडपर्वको मुखमा जुनसुकै वहानामा भए पनि इन्धनको मूल्य बढाउॅदा सबैतिर महॅगी झन् बढ्छ र जनताको ढाड सेकिन्छ भन्ने नबुझेको कि लाज पचाएको?,’ उनले भनेका छन्।