Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

प्रतिनिधि सभाको बैठक आज बस्दै, एमालेले सरकारी एजेन्डामा प्रवेश गर्न नदिने

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बस्दै छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक पेश गर्ने कार्यसूची रहेको छ।

त्यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि रहेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसद्लाई सरकारी एजेन्डामा प्रवेश गर्न नदिने बताएको छ।

‘भेप (इलेक्ट्रोनिक सिगरेट), ६० किलो बढी सुन तस्करी प्रकरणमा सरकारले जाँचबुझ आयोग बनाउने सहमति सरकारले उल्लंघन गरेको भन्दै एमालेले सरकारी एजेन्डा प्रवेश गर्न नदिने तयारी गरेको सचेत महेश बर्तौलाले जानकारी दिए।

‘सरकार संसदको बैठकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न चाहन्छ। मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोकाधडी र आपसी अन्तरविरोधको पथमा लैजाने चेष्टा गर्दैछ,’ उनले भने, ‘सुन तस्करीबारे छानबिन तथा अनुसन्धानको लागि उच्चस्तरीय जाँचबुझ आयोग बनाउने सहमति भयो। त्यो सहमतिलाई संसदको बैठकले अनुमोदन पनि ग¥यो तर त्यसलाई  कार्यान्वयन गर्न सरकार तयार भएन।’

उनले यसबीचमा सरकारसँग वार्ता, छलफलका लागि सदैव खुला रहेको बताए।

संसदमा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल र सरकारबीच गत भदौ ६ गते आयोग बनाउने सहमति भएको थियो। सुन तस्करीबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान टुंग्याएपछि आयोगले असोज ५ गतेदेखि काम थाल्ने बताइएको थियो।

The web
The web