Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पर्वतमा खोलाले जिप बगाउँदा ३ जना बेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१३ असोज, पोखरा । पर्वतको कुश्मा नगरपालिका–७ र ८ को सिमाना समादीखोलामा आएको बाढीले जीप बगाउँदा तीन जना वेपत्ता भएका छन् ।

बागलुङबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ६२१३ नम्बरको जीप खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार भारी वर्षाका कारण खहरे खोलामा ठूलो बाढी आएको थियो त्यही क्रममा गाडी बगाएको हो ।

प्रहरीका अनुसार चालक बाहिर निस्केका छन् भने ३ जना यात्रु बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको भुसालले जानकारी दिए ।