Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नबिल बैंकको शाखा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

काठमाडौं । नबिल बैंक लिमिटेडले मोरङको सुन्दरहरैंचा नगरपालिका गोठगाँउमा रहेको पूर्वाञ्चल विश्वविद्यालय परिसरमा नयाँ शाखा विस्तार गरेको छ ।

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाँउमा २६६ औं शाखाको रुपमा नयाँ विस्तार गरिएको नबिल बैंकले जनाएको छ ।

शाखाको उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका थिए ।

नबिल बैंकका सञ्चालक पौड्यालले पुर्वाञ्चल विश्वविद्यालय, गोठगाँउ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाले यस क्षेत्रमा नबिल बैंकको उपस्थितिले खुसी तुल्याएको बताए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाँउमा बैंकको व्यवसाय विस्तार मात्रै नभई समुदाय स्तरमा काम गर्ने ध्येय रहेको बताए ।