Nepal

राष्ट्रियसभा उपचुनावमा विपक्षीको गठबन्धन : डा. खिमलाल देवकोटा साझा उम्मेदवार

२२ वैशाख, काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले संयुक्त गठबन्धन गरेका छन् र साझा उम्मेदवारका रुपमा डा. खिमलाल देवकोटालाई अघि सार्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार विहान एमाले नेता नेपाल र जसपा अध्यक्ष यादवसँग हात्तिबनमा छुट्टाछुट्टै सम्वाद गरेका थिए ।

उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि सम्वाद गरेका छन् । नेताहरुका अनुसार बाग्मती र लुम्बिनी प्रदेशको एकएक सिटका लागि हुने उपचुनावमा साझा उम्मेदवार बनाउने सहमति जुटेको छ ।

लुम्बिनी प्रदेशको कोटामा नेकपा एमाले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेयलाई अघि सारिएको छ । साझा उम्मेदवार बनाएलगत्तै उनी नेपाली कांग्रेस प्रवेश गरेका छन् । यद्यपि त्यहाँको निर्वाचन तोकिएको छैन ।

बाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ । माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा बादलले दल त्याग गरेपछि रिक्त भएको राष्ट्रियसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो ।

एमालेको केपी शर्मा ओली पक्षले बादललाई नै उम्मेदवारी बनाउने तयारी गरेको छ । कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल समूह र जसपाको यादव पक्षले भने देवकोटालाई साझा उम्मेदवारका रुपमा अघि सार्ने भएका छन् ।

संघीयता र योजनविज्ञ देवकोटा एमाले नजिक हुन् । प्रदेश ३ को योजना आयोगको उपाध्यक्ष रहिसकेका उनी पछिल्लो समूह माधवकुमार नेपाल समूह नजिक छन् । उपचुनावमा भने माओवादी केन्द्रको चुनाव चिन्हबाट लड्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Football news:

Romelu Lukaku: Zlatan wins for himself, I win for Inter, Ronaldo wins for Juve. Serie A needs players of this level
Atletico President: Messi is the best player in the world. He is very important for La Liga, for all 20 teams. We are Interested in his future
Datsik's pregnant wife stopped his fight against the ex-football player when her husband collapsed on the ropes
Oblak wants to move to an English club from the top 6. Manchester United are Interested in this option, De Gea may leave
Lewandowski is Interested in Chelsea, Man City and PSG. Bayern wants at least 60 million euros for him
Chelsea are ready to extend the contract with Kante. The midfielder is comfortable in London, he wants to stay
We remember Mourinho in Serie A: he criticized the journalists, provoked the coaches, and got Roma