Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

१४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपाल यसपटक देखिने गरी प्रस्तुत भएको बताएका छन् ।

संयुक्त राष्ट्र संघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे आइतबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्ड यस्तो बताएका हुन् ।

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीस्तरमा भएको सहभागिताबाट नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय समुदायको सद्भाव हासिल गर्न पनि भ्रमण फलदायी भएको प्रधानमन्त्रीले बताए ।

नेपालमा द्दन्द्दबाट शान्तितर्फ रुपान्तरणको सफल उदाहरणलाई अन्तराष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरुबारे नेपाल लगायत अति कम विकसित मुलुकहरुका चुनौति र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन समेत नेपाल सफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भदौ ३० गते अमेरिका गएका प्रचण्ड उतैबाट असोज ५ गते चीन भ्रमणमा गएका थिए । चीन भ्रमणबाट शनिवार स्वदेश फर्किएका प्रचण्डले आइतबार नै संसदलाई आफनो भ्रमणबारे जानकारी गराएका हुन् ।

चीनको भ्रमणले विगत चार वर्षदेखिको नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रम्ण नभएको स्थितिको अन्त्य गरेको प्रधानमन्त्री प्रच्ण्डले स्मरण गरे ।

‘उच्चस्तरमा भएको दिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा दिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने र नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भावमा अभिवृद्धि भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।