Nepal
This article was added by the user . TheWorldNews is not responsible for the content of the platform.

रोयल इनफिल्डको 'हन्टर हेरिटेज राइड २०२३' सम्पन्न 

रोयल इनफिल्डको 'हन्टर हेरिटेज राइड २०२३' सम्पन्न भएको छ।

रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले 'वर्ल्ड टुरिजम डे'को अवसरमा 'रोयल इनफिल्ड हन्टर हेरिटेज राइड' सम्पन्न गरेको हो।

उक्त राइडमा ४४ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी रहेको कम्पनीको भनाइ छ।

यस कार्यक्रमको मुख्य उद्देश्य 'रोड सेफ्टी अवारनेस प्रमोटिङ सिस्टमेटिक राइड कल्चर' र हेरिटेज साइटको प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।

असोज १३ गते बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकुबाट सुरू भएको राइड त्रिपुरेश्वर, कंलकी, स्वयम्भु भगवानपाऊ, छाउनी, भीमसेनथान, वसन्तपुर, दरबारमार्ग, घण्टाघर, शहीदगेट, त्रिपुरेश्वर, कुपन्डोल, पाटनढोका,  पिम्बहाल,  मंगलबजार, बालकुमारी, कोटेश्वर, पेप्सीकोला, सानोठिमी हुँदै भक्तपुर दरबार स्क्वायरसम्मको रहेको थियो।

The web

The web